मनोरञ्जन

बलिउडका हस्ती शशि कपुरको आज अन्त्येष्टि गरिने

बलिउडका हस्ती शशि कपुरको आज अन्त्येष्टि गरिने

काठमाडौं । बलिउडका हस्ती शशि कपूरको आज दाहसंस्कार हुने भएको छ ।  उनानसी वर्षका शशिले कोकिलाबेन अस्पतालमा अन्तिम सास लिए । उनी लामो समयदेखि बिरामी थिए । शनिवार उनलाई छातीमा पीडा भएको थियो । बलिउडका कलाकारहरू उनको घरमा श्रद्धाञ्जलि दिन पुगेका थिए ।

शशि पृथ्वीराज कपूरका कान्छा छोरा थिए । पृथ्वीराजका तीन छोरा राज कपूर, शम्मी कपूर र शशि कपूर थिए । शशि कपूरकी पत्नी जेनिफरको निधन सन् १९८४ मा क्यान्सरको कारण भएको थियो । जेनिफरको निधनपछि उनले एक्लो अनुभव गरेका थिए ।

उनका तीन सन्तान छन् , कुणाल कपूर, करन कपूर र सञ्जना कपूर । नायकका रूपमा उनको पहिलो फिल्म धर्मपुत्र थियो । उनले १६० भन्दा बढी फिल्ममा अभिनय गरे ।

 

विशेष