समाज

मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु

मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु

गौर, रौतहट । रौतहटको बौधीमाई नगरपालिका – ५ मा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ ।

स्थानीय रामबाबु चौरसियाकी ३२ वर्षीया श्रीमती रामपतिया देवीको आफ्नै मिलमा धान कुट्ने क्रममा आज बिहान ९ बजे मिलको फित्तामा कपडा बेरिएर मृत्यु भएको हो । 

रामपतियाले धान कुटने मिलमा धान राख्न लाग्दा उनको कपडा बेरिएर जीउ तीन टुक्रा बनेकोे कोपवा पिपरीया इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक अरुणकुमार सिंहले बताए । मृत्तक रामपतियाको शव परीक्षणका लागि जिल्ला अस्पताल गौरमा पठाइएको प्रहरीले जनाएको छ । 

Woman Death

विशेष