मुख्य समाचार

मालपोतका दुई नासु घुससहित पक्राउ

मालपोतका दुई नासु घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय काठमाडौंका दुई कर्मचारीलाई तीस हजाररुपैयाँ घुस लिदा लिँदै पक्राउ गरेको छ ।

आयोगका सहायक प्रवक्ता खगेन्द्र रिजालले जग्गा हाल साविक गरी जग्गा धनी प्रमाणपूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बाहानामा घुस माग्दै गरेको अवस्थामा नायब सुब्बाद्वय शेरबहादुर थापा र नारायणमणि खनाललाई घुस रकमसहित आयोगको टोलीले पक्राउ गरेको हो ।

सेवाग्राहीले कर्मचारीले घुस मागेको भन्ने सूचना आयोगका कर्मचारीलाई दिएका थिए । कानुनअनुसार जग्गा हाल साविक गरी जग्गाधनी प्रमाणपत्र दिनुपर्ने भएपनि नायब सुब्बाद्वय थापा र खनालले घुस मागेका थिए । घुस मिलाउन विचौलियाको काम गर्ने कपिलदेव खड्कालाई समेत आयोगको टोलीले पक्राउ गरेको छ ।

विशेष