खेल

आफ्नै देशमा तोडियो मेसीको प्रतिमा

आफ्नै देशमा तोडियो मेसीको प्रतिमा

काठमाडौं । अष्ट्रेलियाको राजधानी ब्युनर्स आयर्सको पासेओ डे लास ग्लोरियसमा अवस्थित कप्तान लियोनल मेस्सीको पूर्णकदको प्रतीमा हमलाको शिकार भएको छ। प्रतीमामा दुवै खुट्टा फुटाइएको छ।

मेस्सीको प्रतीमामा क्षति पुर्‍याइएको यो दोस्रो पटक हो। २८ जुन २०१६ मा अनावरण गरिएको प्रतीमामा पहिलो पटक जनवरी २०१७ मा हमला गरिएको थियो। यस प्रतीमा कार्लोस बेनवाइट्सले बनाएका थिए। बारम्बार आक्रमणमा परेपछि यस प्रतीमा अब राजधानीको स्मारक र कला निर्माण बिभागमा स्थानान्तरण गरिनेछ। मेस्सीको प्रतीमा राखिएको स्थानमा अर्जेन्टिनाका बिभिन्न खेलकुदका महान हस्तीहरुको प्रतीमा अवस्थित छ।

विशेष