मुख्य समाचार

उम्मेदवारमाथि छुरा प्रहार, गम्भिर घाइते

उम्मेदवारमाथि  छुरा प्रहार, गम्भिर घाइते


सप्तरी । सप्तरीमा उम्मेदवारमाथि छुरा प्रहार भएको छ । संघीय समाजवादी फोरम नेपालका उम्मेदवार मोहमद सहमुल अलि र नेता विनोद मण्डलमाथि सोमबार राति झण्डै ९ बजे छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।

मोहमद सहमुल अलि सप्तरी क्षेत्र नम्बर ४ ख मा प्रदेश सभा सदस्य हुन् । सप्तरीका प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार स ५ प १९४२ नम्बरको मोटरसाइकलमा आएको नचिनेका मानिसको समूहले छुरा हानेका हुन् ।

छुरा लागेर गम्भीर घाइते भएका दुवैजनाको राजविराजमा नै उपचार भइरहेको छ । बलाङबिहुल गाउँपालिकाको बिहुल नदी नजिक छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।

विशेष