मुख्य समाचार स्वास्थ्य

६२ प्रतिशत डाक्टर फेल

६२ प्रतिशत डाक्टर फेल

काठमाडौं । बिरामीको उपचारमा खटाइनुअघि लिइने लाइसेन्स परीक्षामा एमबीबीएस डाक्टर अनुत्तीर्ण हुने दर बढेसँगै विज्ञहरूले चिकित्सा शिक्षा प्रणाली सुधार्न सुझाएका छन् ।

नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा यसपालि झन्डै ६२ प्रतिशत डाक्टर अनुत्तीर्ण भएपछि उनीहरूले शिक्षा प्रणालीमै गडबडी औंल्याएका हुन् ।

विकसित मुलुकझैं नेपालमा पनि चिकित्साशास्त्रमा स्नातक अर्थात् एमबीबीएसपछि लाइसेन्स परीक्षा पास गरेकाले मात्र उपचार ‘प्राक्टिस’ गर्न पाउने कानुुनी व्यवस्था छ । सर्वोच्च अदालतले २०५८ फागुन २५ गतेभन्दा पछि एमबीबीएस पढेर आउने सबैलाई लाइसेन्स परीक्षा अनिवार्य गरेको छ ।

शनिबार लिइएको परीक्षामा १ हजार २ सय २ जना एमबीबीएसमा सरिक भएकामा ४ सय ६१ जना मात्र उत्तीर्ण भए । यस्तै दन्तचिकित्सा विज्ञानमा स्नातक अर्थात् बीडीएस गर्ने ८५ डाक्टरमध्ये ४३ जनाले मात्र उत्तीर्ण गरे । आजको कान्तिपुरमा खबर छ ।

विशेष