अधिनायकवाद नेपालमा सम्भव छैनः शेखर कोइराला
विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अधिनायकवादी शासन नेपालमा सम्भव नभएको बताएका छन् ।
विराटनगरको आदर्श मावि केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले भने, ‘वाम गठबन्धन बनाउँदैमा अधिनायकवादी शासन सुरु गर्छौैं भन्ने उहाँहरु (वामशक्ति)लाई लाग्छ भने त्यो नेपालमा सम्भव छैन । त्यता तिर सोच्नु पनि उहाँहरुको मुर्खता हुनेछ ।’कोइरालाले लोकतन्त्रलाई विश्वास गरेर २००७ सालदेखि लागि लडेका हुन् नेपाली जनता त्यसकारण अधिनायकवाद सम्भवै नरहेको उल्लेख गरे ।
संविधान जारी भएपछि पहिलो पटक भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनले लोकतन्त्रलाई सुदृढ गर्ने कोइरालाले विश्वास व्यक्त गरे ।