मनोरञ्जन

यी हुन् दोस्रो नेपाली म्युजिक भिडियो अवार्ड हात पार्ने युएईका नेपाली कलाकारहरु

यी हुन् दोस्रो नेपाली म्युजिक भिडियो अवार्ड हात पार्ने युएईका नेपाली कलाकारहरु


दुबई । दोस्रो नेपाली म्युजिक भिडियो अवार्ड–२०१७ युएईको अबुधाबीमा सम्पन्न भइसकेको छ ।

संगीक्षा फिल्म इन्टरटेनमेन्ट र नमस्ते ट्राभलको संम्युक्त आयोजनामा निकै तामझामका साथ अवार्ड सम्पन्न भए पनि यसका बिबिध पक्षबारेका चर्चापरिचर्चा भने अझै सेलाएको छैन् ।

यसपालिको अवार्ड कार्यक्रम अघिल्लो वर्षको भन्दा अलि फरक रहृयो । युएईमै रोजगारीका साथ कलाकारिता तथा संगीतको साधना गरिरहेका करिब ५० जना सर्जकहरु यसपालि समेटिएका थिए ।

अवार्ड पाउने आशामा रहेका ५० जना मध्ये पाँच विधामा जम्मा सात जनाले मात्र अवार्ड हात पारेर आफुलाई भाग्यमानी सावित गरेका छन् ।
अवार्ड वितरणको निष्पक्षतामा केही व्यक्तिहरुले प्रश्नचिन्ह उठाए पनि समग्रमा कार्यक्रम भव्य रुपमा सफल भएको र आफ्नोतर्फबाट व्यवस्थापनमा कुनै कमजोरी नगरेको आयोजकका तर्फबाट नमस्ते ट्राभलका सञ्चालक एकेन्द्र्र थापाले बताएका छन् ।

नेपाली मुलधारको सांगीतिक, मोडलिङ समग्र कलाकर्ममा क्रियाशील हस्तीहरुसँगै एउटै मञ्चमा युएईमै रोजगारीका क्रममा रहेका केही नेपालीहरु सर्जकहरु पुरस्कृत हुने अवसर पाएका छन् ।

यसै सिलसिलामा युएईमा आफ्नो नियमित रोजगारीलाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासमा आबद्ध भएका र अवार्ड चुम्न सफल कलाकारहरुको कला तथा संगीतको क्षेत्रमा संघर्षरत तीनै सात जना हस्तीहरुको प्रोफाइल प्रस्तुत गरिएको छ ।

 

उत्कृष्ट गायकः नन्दु राई
बेस्ट भोकल महिला रेखा घिमिरे
उत्कृष्ट मोडल पुरुषः आशिष पुरुष
उत्कृष्ट मोडेल महिलाः सारिका सुनार
उत्कृष्ट म्युजिक भिडियो निर्देशकः विजय सुब्बा
उत्कृष्ट छायाकारः रोहित बिक्रम कार्की
उत्कृष्ट लिरिक्सः लक्ष्मण भन्तना श्रीस

विशेष