दोश्रो खेलमा पनि दिपेन्द्र ऐरी खेलेनन् , शक्ती प्रशाद गौचन पनि बाहीर
अाईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसंगको दोश्रो खेलमा पनि दिपेन्द्र ऐरी नखेल्ने भएका छन्। त्यस्तै शक्ती प्रशाद गौचन पनि अाजकाे खेल बाहीर पारीएका छन् । उनले खराब लयका कारणा अाजकाे खेल गुमाएका हुन् ।
प्राप्त जानकारी अनुसार पहिलो खेल अघि अभ्यास गरिरहेको बेला ऐरीको मुखमा बलले लागेको थियो। ऐरीको ओंठमा ५ वटा स्टिच लगाईएको छ। युएईसंग पहिलो खेल पनि नखेलेका ऐरी घाइते भएपछि उनको सट्टा अतिरिक्त खेलाडीको रुपमा युएई पुगेका अनिल शाहलाई टिममा स्थान दिईएको छ।
नेपाली टिमका ब्यबस्थापक रमन शिवाकोटीले बताए अनुशार ऐरीको अवस्था चिन्ताजनक नरहेपनि खेलाएर टिमले जोखिम नलिएको हो। उनका अनुसार अभ्यासको क्रममा ऐरी बलिंग गर्दै गर्दा ब्याट्सम्यानले हानेको बलले मुखमा लागेको थियो। पहिलो खेल अघिनै मंगलबार चोट लागेको कारण ऐरी उक्त खेल खेलेका थिएनन्। ऐरी बिहिन खेलमा नेपालले युएईसंग ७ विकेटको पराजय बेहोरेको थियो।
पछिल्लो समय उत्कृस्ट फर्ममा रहेका ऐरी नेपाली ब्याटिंगको आधारस्तम्भ रहँदै आएका छन्। यसै साता आइतबार केन्यासंग खेलिएको अभ्यास खेलमा ऐरीले ४६ रन खेल्दै नेपालको जितमा महत्वपूर्ण भूमिका निभाएका थिए। शिर्ष ब्याट्सम्यानहरुले सुरुवातमै विकेट गुमाएपछि उनले ३५ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै केन्याबाट खेल खोसेका थिए।
ऐरी नखेल्ने भएपछि नेपाली टिमले महत्वपूर्ण खेलाडी गुमाउने छ। गत महिना मलेसियामा यु-१९ एसिया कपमा भारतलाई पराजित गर्ने क्रममा उत्कृस्ट ब्याटिंग र बलिंग गरेका थिए। टेस्ट रास्ट्र भारतलाई पराजित गर्ने क्रममा ऐरीले ब्याटिंगमा ८८ रन तथा बलिंगमा ४ विकेट हात पारेका थिए।
जारी खेलमा ५ ओभरको खेल खेलीसक्दा नेपालले जम्मा १२ रन दिएको छ भने । सोमपाल कामीले एक विकेट दिलाएका छन् । टस जितेर नेपालले आज फिल्ड रोजेको छ ।