खेल

रोनाल्डोलाई पाँचौं पटक बलोन डि’ओर अवार्ड

रोनाल्डोलाई पाँचौं पटक बलोन डि’ओर अवार्ड

काठमाडौं । स्पेनिस फुटबल क्लव रियाल मड्रिडका पोर्चुगिज खेलाडी क्रिष्टियानो रोनाल्डोले पाँचौं पटक बलोन डि’ओर अवार्ड जितेका छन् ।


लगातार दोस्रो पटक यो उपाधि जितेका रोनाल्डोले प्रतिस्पर्धी क्लव बार्सिलोनाका अर्जेन्टाईनी खेलाडी लियोनल मेस्सीसँग बराबरीसमेत गरेका छन् ।

३२ वर्षीय स्ट्राइकर रोनाल्डोको प्रदर्शनमा रियाल मड्रिडले अघिल्लो सिजन स्पेनिस लिग र युरोपियन च्याम्पियन्स लिग जितेको थियो । गत सिजनभर रोनाल्डोले कुल ४२ गोल गरेका थिए । बालोन डि’ओर अवार्ड फ्रान्सबाट प्रकाशित हुने एउटा फुटबल पत्रिकाले हरेक वर्ष आयोजना गर्दै आएको छ ।

सन् २०१६ अघिसम्म फिफा र फ्रान्सेली पत्रिकाले संयुक्त रुपमा यो अवार्ड प्रदान गर्ने गरेका थिए । तर अहिले भने बलोन डे ओरसँगै फिफाले आफ्नो बेग्लै उत्कृष्ट खेलाडी अवार्ड पनि प्रदान गर्दै आएको छ ।

विशेष