मुख्य समाचार

मुलुकमा अस्थिरताको अन्त्य भयो : युवराज खतिवडा

मुलुकमा अस्थिरताको अन्त्य भयो :  युवराज खतिवडा

काठमाडौँ । संविधानको कार्यान्वयनको महत्वपूर्ण चरण प्रतिनिधि, प्रदेशसभा र स्थानीय निकायको निर्वाचन सम्पन्न भएकाले अब राजनीतिक स्थिरतासहित आर्थिक समृद्धि यात्रा तल्लो तहबाट शुरु हुने विश्वास लिइएको छ ।

राजनीतिक संक्रमणकालको अन्त्य भएर मुलुकमा स्थिरता कायम हुने र गरिबीको रेखामुनि रहेका एक चौथाइ जनतालाई सम्मानजनक नागरिकका रुपमा ल्याउन सकिने अर्थविद् डा युवराज खतिवडाले बताए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षले भने, “मुलुकको अर्थतन्त्र ठीक बाटोमा गइरहेको थियो, अस्थिर सरकारका कारण असजिलो बनाएकाले अब त्यस्तो नहुने अपेक्षा गर्न सकिन्छ ।” पूर्वगभर्नरसमेत डा खतिवडाले स्थानीय सरकारले गरिबीलाई न्यूनीकरण गर्न मद्दत गर्ने र प्रदेश तथा केन्द्रीय सरकारले त्यसलाई साधन र स्रोत उपलब्ध गराउँदा आर्थिक समृद्धिको बाटो लिनसक्ने बताए ।

प्रमुख राजनीतिक दलले राजनीतिक क्रान्तिको युग सकिएको भन्दै आफ्नो घोषणापत्रमार्फत औद्योगिक वातावरण बन्ने, लगानीका अवसरमा वृद्धि हुने, बेरोजगारीको अन्त्य हुने र लगानीकर्तामा समेत नयाँ विश्वास र आशा व्यक्त गरिएको हो । तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले मुलुक समृद्धिको बाटामा अगाडि बढेको प्रतिक्रिया दिए । , “राजनीतिक एजेण्डा सकिएको छ । अबको मुख्य कार्यसूची आर्थिक समृद्धि हो । मलाई विश्वास छ राजनीतिक दल आर्थिक समृद्धिको यात्रामा लामबद्ध हुनेछन् ।”

गत वर्षदेखि मुलुकमा विद्युत्भार कटौतीको अन्त्य भई द्योगिक वातावरण तयार पारेको छ । आव २०७३-७४ मा ६.९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुन सक्यो । चालु आवमा ७.२ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखिएको छ । देशभर नै उद्योगी व्यवासायीमा नयाँ उत्साहसमेत छाएको छ । मुलुक नयाँ संघीय प्रणालीमा गएकाले मुलुकको आर्थिक पक्षले प्राथमिकता पाउने विश्वास लिइएको छ ।

विशेष