मुख्य समाचार

निर्वाचनको परिणाम आउदै गर्दा यूरोपेली संघका सांसदहरुले भेटे देउवालाई

निर्वाचनको परिणाम आउदै गर्दा यूरोपेली संघका सांसदहरुले भेटे देउवालाई

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग युरोपेली सांसदका टोलीले आज भेटवार्ता गरेको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ भएको भेटमा नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन र पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो । 

भेटका क्रममा टोलीका सांसदहरुले नेपालमा निर्वाचन सफलरुपमा सम्पन्न गराएकामा प्रधानमन्त्री देउवाको प्रशंसा गरेका थिए । 

प्रधानमन्त्री देउवाले इयुको टोलीले गरेको निर्वाचन पर्यवेक्षणका लागि धन्यवाद व्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो । सांसद निना गिल सहितको टोलीले प्रधानमन्त्रीसँग भेट गरेको हो । 

विशेष