खेल

विश्वकपमा भाेली नेपालले दक्षिण अफ्रिकासँग खेल्ने

विश्वकपमा भाेली नेपालले दक्षिण अफ्रिकासँग खेल्ने

माघ १९ । दृष्टिविहीन विश्वकप ट्वेन्टी(ट्वेन्टी क्रिकेटको दोस्रो खेलमा भाेली नेपालले दक्षिण अफ्रिकासँग खेल्नेछ ।

मंगलबार भएको पहिलो खेलमा अष्ट्रेलियासँग भारी अन्तरले पराजित नेपाली टोली भाेली पहिलो जितको खोजीमा छ । भारतको नयाँदिल्लीमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपाललाई मंगलबार अस्ट्रेलियाले १० विकेटले हराएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो । जवाफमा १ सय ४४ रनको लक्ष्य अस्ट्रेलियाले १३ औं ओभरमा विना कुनै विकेटको क्षतिमा पार गर्‍यो ।

त्यस्तै नेपालले अाफ्नाे दाेस्राे खेलमा पनि बंगलादेशसँग हारेकाे छ । बंगलादेशले निर्धारित २० अाेभरमा २ विकेट गुमाउँदै २०३ रन बनाएका थिए । जवाफी ब्याटिङ मा उत्रेकाे नेपालले भने २० अाेभरमा ८ विकेट गुमाउँदै १४४ रन मात्र जाेड्न सफल भयाे ।

प्रतियोगितामा नेपाल र अष्ट्रेलिया बाहेक भारत, पाकिस्तान, श्रीलंका, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, इङ्ल्यान्ड र बंगलादेश सहभागी छन् ।

सबै ९ टोलीले राउण्ड रबिन लिगको आधारमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिता आगामी फेब्रुअरी १२ तारिखसम्म चल्नेछ ।

Blind Cricket

विशेष