खेल

प्रिमियर लिगमा आर्सनल वाट्फोर्डसँग २८ वर्षपछि पराजित

प्रिमियर लिगमा आर्सनल वाट्फोर्डसँग २८ वर्षपछि पराजित

माघ १९ । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ । लिग अन्तर्गत हिजो राति भएको खेलमा आर्सनल वाट्फोर्डसँग २–१ ले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा पराजित भए संगै आर्सनललाई उपाधि होडमा धक्का लागेको छ । आर्सनल लिगको तेस्रो स्थानमा समेत झरेको छ । पराजित हुदै शीर्ष स्थानको चेल्सीसँगको अंक दूरी छोट्याउने मौका गुमाएको आर्सनलले २३ खेलबाट ४७ अंक जोडेको छ । लिगमा ५६ अंक जोडेको चेल्सी शिर्षमा र ४७ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा रहेको छ ।

यो जितसंगै वाट्फोर्डले २८ वर्षपछि आर्सनललाई मुख्य प्रतियोगितामा हराउन सफल भयो । यसअघि सन् १९८८ मा वाट्फोर्डले आर्सनललाई हराएको थियो । जितसंगै लिगको १३ औ स्थानको वाट्फोर्डले २७ अंक जोडेको छ ।

प्रिमियर लिग अन्तर्गत हिजो राति भएको अर्को खेलमा सन्डरल्याण्ड र टोटनह्यामले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । बराबरीसंगै टोनटनह्यामले ४७ अंक बनाएको छ । तर गोल अन्तरका आधारमा टोनटनह्यामले आर्सनललाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । रेलिगेसन जोनमा रहेको सन्डरल्याण्डले १६ अंक जोडेको छ ।

english premier league

विशेष