समाज

सेनाका मेजर युवतिकाण्डमा मुछिएपछि...

सेनाका मेजर युवतिकाण्डमा मुछिएपछि...

माघ १९ । नेपालीको छुकछुके बानी, कहिल्यै नजाने । शान्ति सेनाअन्र्तगत लाइबेरिया मिसनमा खटिएका मेजर गणेश रायामाझी एउटी डच (नेदरल्याण्डी) सैनिक युवतीमाथी यौन दुव्र्यवहार गरेपछि छानबिनमा परेका छन् ।

अनुसन्धान प्रक्रिया टुङगिनासाथ उनलाई नेपाल फर्काइने भएको छ । ती युवती पनि आफनो देशको तर्फबाट सोही मिसनमा खटिएकी थिइन् । यसैविच, नं. ९ वाहिनी सिन्धुलीमा कार्यरत प्रमुख सेनानी सुर्य अधिकारीले अवकाशप्राप्त प्रमुख सेनानी अनिरुद्रसिंह नगरकोटीले ३२ लाख लगानी गरिदिन्छु भनेर भुस बनाइदिएपछि परेको उजुरी उपर जंगी अड्डामा छानविन शुरु भएको छ ।

पुर्वयुवराज दिपेन्द्र शाहसंगै भक्तपुर खरिपाटीमा तालिम लिएकाहरुको पनि बिजोगका दिन सुरु भएको छ । यिनैमध्येका हुन रामजी थापा । धुन्चेमा गणपति हुदा तिब्बततर्फ रक्तचन्दन तस्करीमा संलग्नताको आरोपसहित जेल जीवन विताए ।

हाल पोखरातिर जग्गाको कारोवारमा व्यस्त छन् । दिपेन्द्रसंगै तालिम गरेकै कारण शाही बेसिक भनेर चिनिने उक्त टोलीकै हुन,सबुज गण गजुरीमा ‘नाचु’ नामले चर्चित गणपति रामेश्वर सुवेदी पाहुना पुग्दा स्वागत गरेको नाममा एउटा फुलको मालाको हिसाब ६० हजार देखाए । कोकाकोला पिएको बिल ४० हजार बनाए । यसरी ४५ लाखको टोयटा गाडी चढ्ने हैसियतमा पुगे ।

अति भएपछि खती त हुने नै भयो । कोर्टमार्शलमा परे । बढुवा नहुने पक्का भएपछि अहिले खाडीतिरको रापमा पुगेर पुर्परो सुम्सुम्यारहेका छन् । पुर्वतिर गुल्मपति हुदा राशन काण्ड लागेर बढुुवा कटटीमा परेका प्रमुख सेनानी बुद्धि खड्का पनि शाही बेसिककै हुन । पत्निलाई स्तर क्यान्सर भएपछि ब्याचीहरुसंग सापटी लिएर उपचार त गराए । तर,सिन्धुली,दुधौलीस्थित पहिला माओवादी लडाकुको शिविर रहेको ठाउमा गणपति हुदा उनले निर्माण गरेको भवन एक वर्षमै ढलेपछि फेरी छानवीनमा परेका छन् । र फेरी पनि बढुवावाट उनि वन्चित भएका छन् । प्रमुख सेनानी वसन्त गुरुङको बढुवामा नाम परेपनि आइएको प्रमाणपत्र बुझाउन नसकेपछि राजिनामा दिइ घरतिर लागेका छन् ।

जनआस्था

army Nepal Army

विशेष