अवैध यौन सम्बन्धपछि जन्मिएको शिशुको शव फेला

माघ १९ । बाजुराको कोल्टीमा बेवारिसे अवस्थामा एक शिशुको शव फेला परेको छ । कोल्टी– १ थिपिचौरस्थित माझ कुलोको नहरमा शव भेटिएको प्रहरीले बताएको छ ।
शव मंगलबार बिहान नुहाउन गएका स्थानीयले देखेपछि प्रहरीको रोहबरमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । कोल्टी विमानस्थल सुरक्षा गार्डका प्रहरी निरीक्षक डम्बरबहादुर थापाले कसैले अवैध यौन सम्बन्धपछि जन्मिएको शिशु मारेर फालेको हुनसक्ने बताउँदै अनुसन्धान भइरहेको बताए ।
शव प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा ल्याएर शव परीक्षणका लागि राखिएको बताइएको छ । शवको पहिचान हुन सकेको छैन । सोमबार साँझ फालिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । कोल्टी बजारकै व्यक्तिले अवैधरुपमा जन्माएको बच्चा भएकाले मारेर फालेको आशङ्का गरिएको प्रहरीले बताएको छ ।
bajura Bebarise sab