कभर स्टोरी भिडियो

देश जोगाउन फेरि खुकुरी झिक्नु पर्ने भयो

देश जोगाउन फेरि खुकुरी झिक्नु पर्ने भयो


वर्तमान सरकारमा बस्नेहरु, जो अहिले सरकार चलाएको छु भनिरहेका छन् ती सबै देशद्रोही हुन्, राष्ट्रघाती हुन्, विदेशी दलाल हुन् । यी नेपाल र नेपालीका लागि सरकारमा गएकै होइनन् । स साना तत्वहरुले यो देशको अस्मिता लुट्ने, विखण्डन गर्छौैं भनेर खुलेआम भाषण गर्दै हिँड्नेहरुलाई कुनै कारबाही नगर्ने, हाँसेर बस्नेहरुलाई देशद्रोही नभने के भन्ने ?

यी नेताहरु नेपाली जनताको इच्छा आकांक्षाबाट चलेको भए, नेपाललाई माया गरिदिएको भए आज यस्तो अवस्था आउने थिएन । यिनीहरु स्वार्थमा यति लिप्त छन कि उनीहरुले कुर्सी र पैसा मात्रै देख्छन् ।

भारतको राष्ट्रपति आउँदा बिदा दिने वा चीनको राष्ट्रपति आउँदा बिदा दिने जस्ता हर्कतहरुले गर्दा यो देशको अस्मितामा गम्भीर घात भएको छ । विदेशीको इशारामा चल्ने यी गद्दार नेताहरुका कारण आज मुलुक तहसनहस हुने अवस्थामा पुगेको छ ।


जसले देश टुक्रा पार्छु भन्छ, त्यस्ता गद्दारहरुलाई कतिपय मुलुकमा फाँसीको पनि सजाय हुने गर्छ । तर नेपालमा प्रधानमन्त्री नै भनिरहेका छन् कि बिखण्डनबादीलाई जनताले कारबाही गर्छन् । जनताले कानुन हातमा लिने हो भने सरकारको काम चाहिँ के त ?

सरकारले जे गरोस नगरोस् यस्तै अवस्था हामी चाहीँ सहेर बस्न सक्दैनौं । देश टुक्रा पार्छौं भन्नेहरुको गर्दन टुक्रा हुनु त कुनै नौलो कुरै होइन । विषय त तरबार र खुकुरीले जोगाएको देश हो यो ।

पहिले बडामहाराजधिराज पृथ्वीनारायण शाहसहित हाम्रा बीर पुर्खाले जोगाए । अब हामी उनका सन्ततीहरुले फेरि जोगाउनु पर्ने बेला आएको छ । अब हामी आफै हातमा खुकुरी र तरबार लिएर बिखण्डनवादीहरुको गर्दन खण्डन गर्दै हिँड्नु पर्ने बेला आएको छ ।

(शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले भिडियो अन्तर्वार्ताका क्रममा व्यक्त गर्नु भएको धारणाको सार ।)

anil basnet politics sivasena nepal

विशेष