समाज

काठमाडौँ विश्वविद्यालयमा १० दिनदेखि पठनपाठन ठप्प

काठमाडौँ विश्वविद्यालयमा १० दिनदेखि पठनपाठन ठप्प
माघ - १९ । काठमाडौँ विश्वविद्यालयमा १० दिनदेखि भएको तालाबन्दी अहिलेसम्म पनि खुल्न नसक्दा पठनपाठन प्रभावित भएको छ । विद्यार्थी कल्याणको चुनाव स्थगनपछि अनेरास्ववियुको नेतृत्वमा काठमाडौं विश्वविद्यालयको प्रशासनिक कक्षलगायतका विभिन्न विभागमा गत ९ गतेदखि तालाबन्दी भएको थियो । विश्वविद्यालयका रजिष्टार डा भोला थापाले तालाबन्दीका कारण पठनपाठन ठप्प भएको उल्लेख गर्दै विद्यार्थीसँग वार्ता जारी रहेको बताए । काठमाडौँ विश्वविद्यालय अनेरास्ववियु राष्ट्रिय कमिटीका सचिव उजन गौतमले अनेरास्ववियुले चुनाव जित्ने निश्चित भएका कारण चुनाव भाँडिएको आरोप लगाउँदै विद्यार्थी कल्याणको चुनाव यथाशीघ्र गर्न आग्रह गरे ।

KU

विशेष