देश

३५ मुसहर बालबालिकाले अाजबाट अक्षराम्भ गर्दै

३५ मुसहर बालबालिकाले अाजबाट अक्षराम्भ गर्दै
माघ - १९ । विद्याकीदेवी सरस्वती पूजाको अवसरमा बर्दिबास – २ मुसहर बस्तीका ३५ बालबालिकाले आजदेखि कखरा सुरु गरेका छन् । श्रीपञ्चमी अर्थात सरस्वती पूजाका दिन अभिभावकले एकै साथ आफ्ना ३५ बालबालिकालाई किताव, कलम र कपी दिएर पढाउन सुरु गरेका हुन् । धुर्मुस– सुन्तलीको प्रेरणाले पुस्ताैँ-पुस्तादेखि अशिक्षित रहँदै आएका सो बस्तीका अभिभावकले आ–आफना बालबालिकालाई पढाउन सुरु गरेको स्थानीय अगुवा मञ्जय सदाले बताए । सो बस्तीमा पहिलोपटक देवी सरस्वतीको प्रतिमा राखेर स्थानीयवासीले निष्ठापूर्वक पूजा गरी छोराछोरीलाई लेख्न र पढ्न सुरु गराएका हुन् । सो बस्तीका मुसहरले आफ्ना बालबालिकालाई बस्ती नजिकैको जनता माविमा भर्ना गराएको समाजिक अभियन्ता राजकरण महतोले बताए । यसअघि पनि सो बस्तीका ६८ बालबालिका स्कुल भर्ना भएका थिए ।

अक्षराम्भ

विशेष