देश

घोराइमा ट्रकको ठक्करबाट २ घाइते, उपचारका लागि हेलिकप्टबाट काठमाडौँ लैजाने

घोराइमा ट्रकको ठक्करबाट २ घाइते, उपचारका लागि हेलिकप्टबाट काठमाडौँ लैजाने
माघ - १९ । तुलसीपुरको घोराहीमा बुधवार विहान ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुईजना महिलाहरु घाईते भएका छन् । सवारी चलाउने महिलाको अवस्था सामान्य भएता पनि पछाडी बसेकी घोराही ६ निवासी ३० बर्षीया वशन्ता गौतमको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय घोराही दाङले जानकारी दिएको छ । सवारी चालक घोराही ६ निवासी ३६ बर्षीया सृजना भट्टपनि घाईते भएकी छन् । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । उनिहरुलाइ हाल राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार गराइ रहेको छ । गम्भिर घाईते भएकी गौतमलाई भने हेलिकप्टर चार्टर गरेर काठमान्डौं ग्रान्डी हस्पिटलमा लैजान आफन्तले हेलिकप्टर मगाएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

dang road accident

विशेष