खेल

आज आयोजक झापा ११ र सुदुर पश्चिम स्पोट्र्रस क्लब भिडदैँ

आज आयोजक झापा ११ र सुदुर पश्चिम स्पोट्र्रस क्लब भिडदैँ
माघ – १९ । झापामा जारी दोश्रो रमपम झापा गोल्डकप अन्तरगत बुधबार आयोजक रमपम झापा ११ र सुदुर पश्चिम स्पोर्ट्स क्लब भिड्दैछन् । झापा क्लबले आफ्नो पहिलो खेलमा भारतको शेर क्लबलाइ ५–० ले हराउदै यहाँसम्मको यात्रा तय गरेको हो भने सुदुर सिधै वाइ पाएर क्वाटर फाइनलमा खेल्न लागेको हो । निकै राम्रो लयमा रहेको झापा अघिल्लो महिना भएको आयोजक भएको मेची नेत्रालय काँकरभित्ता गोल्डकप र पाँचथरमा फाल्गुनन्द गोल्डकपको उपाधि जितेको थियो । झापा आफ्नो स्थानिय समर्थकका साथ उपाधिका लागि अघि बढ्ने धुनमा छ । त्यसै गरी सुदुर पनि पश्चिममा आफ्नो इतिहास रच्ने दौडानमा छ ।

Jhapa Gold cup

विशेष