स्टार अलराउण्डर आन्द्रेलाई एक वर्ष प्रतिबन्ध

माघ - १९ । वेस्टइण्डिजका स्टार अलराउण्डर आन्द्रे रसेललाई डोपिङ परीक्षणमा असहयोग गरेको भन्दै अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद आइसिसीले एक वर्षका लागि प्रतिबन्ध लगाएको छ ।
आइसिसिका अनुसार जनवरी ३१, २०१७ देखि जनवरी ३०, २०१८सम्म सबै खालका प्रतियोगिता खेल्न रोक लगाएको हो ।
यो प्रतिबन्धसँगै २८ वर्षीय रसेलले पाकिस्तान सुपर लिग, आइपिएल, बंगलादेश प्रिमियर लिगलगायतका कुनै पनि प्रतियोगिता खेल्न पाउने छैनन् ।
यसैबीच रसेलका वकिल पैट्रिक फस्टरले प्रतिबन्धविरूद्ध अपिल गर्ने भएका छन् । आईपीएलमा कोलकाता नाइट राइडर्सबाट नखेल्ने जस्तै भएपछि उनको स्थानमा कोलकोतादे नयाँ खेलाडी खोज्न सुरु गरेको छ ।
आन्द्रे रसेल