खेल

आयोजक झापा–११ रमपम झापा गोल्डकपको सेमिफाइनलमा

आयोजक झापा–११ रमपम झापा गोल्डकपको सेमिफाइनलमा
माघ–१९ । झापामा जारी दोस्रो रमपम झापा गोल्डकपअन्तर्गत बुधबार भएको खेलमा आयोजक रमपम झापा ११ विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । झापा ११ ले सुदुर पश्चिम स्पोर्टिङ क्लबमाथि ४–० को जित निकाल्दै अन्तिम चारमा ठाउँ बनाएको हो । झापाको जितको लागि मार्टिन्सले २ तथा बुद्ध चेम्जोङले १ गोल गरे । पहिलो गोल स्पोर्टिङले आत्मघाती गोल गर्दै उपहार दिएको थियो । खेलमा ‘म्यान अफ द म्याच’ मार्टिन्स घोषित भए । यसअघि त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब सेमिफाइनलमा पुगिसकेका छन् । चौथो तथा अन्तिम क्वार्टरफाइनलमा बिहीबार न्यूरोड टिम (एनआरटी) र मनाङ मस्र्याङदी क्लब भिड्ने छन् ।

दोस्रो रमपम झापा गोल्डकप रमपम झापा ११ सेमिफाइनल

विशेष