देश

एक सय ९६ थान अवैध काठ बरामद

एक सय ९६ थान अवैध काठ बरामद
माघ - १९ । जिल्ला बन कार्यालय जाजरकोटले सदरमुकाम स्थित पुष्प फर्निचरबाट एक सय ९६ थान अवैध सालको काठ बरामद गरेको छ । फर्निचरका संचालक भेरीमालिका नगरपालिका ३ स्यालाका गोपाल नेपालीले लुकाई छिपाई राखेको अवैध काठ बुधवार बरामद गरेको हो ।
७२ दशमलब ३२ क्युफिट लम्वाई र एक सय १ दशमलब २५ क्युफिट गोलाई परिणामको काठ बरामद गरिएको जिल्ला बन अधिकृत उपेन्द्र प्रसाद पटेलले जानकारी दिए । विशेष सुराकीका आधारमा पक्राउ गरिएको काठ सरकारी दररेट अनुसार ८१ हजार रुपैयाको छ । फर्निचर संचालक नेपाली फरार छन् । उनी विरुद्ध अवैध काठ कारोवार सम्बन्धमा जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी भैरहेको बन अधिकृत पटेलले बताए । वन ऐन २०४९ अनुसार अबैध विगो जफत गरि सोही मूल्यको दोब्बर जरिवाना गर्ने र एक वर्षको जेल सजाय हुने कानुनी ब्यवस्था रहेको छ । जिल्लामा अवैध काठको कारोवार र तस्करी बढ्दै गएको गुनासो बढेपछि नियमनका लागि कार्यालयले सक्रियता बढाएको पटेलको भनाई छ ।

जाजरकोट

विशेष