धोनीको टी–२० मा पहिलो अर्धशतक, इंग्ल्याण्डलाई २०३ को लक्ष्य प्रस्तुत
माघ–१९ । भारतमा जारी टी–२० को इंग्ल्याण्डविरुद्धको तेस्रो खेलमा महेन्द्र सिंहले आफ्नो टी–२० मा आफ्नो पहिलो अर्धशतक पूरा गरेका छन् । उनले ३२ बलमा टी–२० खेल श्रृंखलामा आफ्नो मेडन (पहिलो) अर्धशतक पूरा गरेका हुन् ।
खेलमा भारतले पहिले ब्याटिङ गरेर निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०२ रन बनाए । जवाफि ब्याटिङमा उत्रिने इंग्ल्याण्डको टोलीले जितको लागि २० ओभरमा २०३ रन बनाउनु पर्नेछ । भारतको लागि सर्वाधिक ६३ रन सुरेश राईनाले जोडे । त्यस्तै धोनीले ५६ र युवराजले २७ बाहेक अन्यले दोहोरो अंक जोडेनन् । भारतीय कप्तान विराट कोहली २ रनमै रनआउट भए ।
इंग्ल्याण्डको लागि मिल्स, जोर्डन, प्लङकेट, स्टोक्सले १–१ विकेट लिए । तीन श्रृंखलाको उक्त टी–२० खेल १–१ को बराबरीमा छ ।
क्रिकेट
टी–२०
धोनी