खेल

चाहल चम्किएपछि भारतले इङ्ल्याण्लाई हरायो

चाहल चम्किएपछि भारतले इङ्ल्याण्लाई हरायो

माघ २० । ट्वान्टी ट्वान्टी क्रिकेटमा इण्डियाले इङ्ल्याण्डलाई ७५ रनले पराजित गरेको छ ।

योसँगै इण्डियाले ३ म्याचको सिरिज २–१ ले जितेको छ । ट्वान्टी २० सिरिज समेत गुमाएपछि झण्डै ३ महिना लामो इण्डिया भ्रमणमा आएको ईङ्ल्याण्डले यसअघि नै टेष्ट सिरिज ४–० र वन डे सिरिज २–१ ले गुमाएको थियो ।

ट्वान्टी २० क्रिकेटमै उत्कृष्ट बलिङको इतिहास बनाएका युजभेन्द् चाहालले आफ्नो स्पेलमा २५ रन खर्चिएर ६ विकेट लिएपछि २ सय ३ रनको उच्च योगफल पछ्याएको इङ्ल्याण्ड १६ ओभर ३ वलमा १ सय २७ रनमा समेटियो । जोए रुटले ४२, कप्तान इयान मोर्गानले ४० र जासन रोएले ३२ रन बनाउनु बाहेक अन्य कसैले दोहोरो अंक छुन सकेनन् । इङ्ल्याण्डका ५ जना ब्याट्सम्यान डक आउट भएका थिए ।

१ सय १९ रन जोड्दा ३ विकेट गुमाएको भ्रमणकारी टोलीले थप ८ रन जोड्दा ८ विकेट गुमाएको थियो । २ ओभर ३ वलमात्र बलिङ गरेका जस्प्रित बुमराहले समेत ३ विकेट लिए । ६ वटा ट्वान्टी २० खेलेका चाहल म्यान अफ् द म्याच र म्यान अफ द सिरिज चुनिए । यसअघि बैंङ्लोरमा पहिले ब्याटिङ गरेको घरेलु टोली इण्डियाले सुरेश रैना र महेन्द्र सिंह धोनीको अर्धसतकको मद्दतमा निर्धा्रित ओभरमा ६ विकेट गुमाएर २ सय २ रन बनाएको थियो ।

रैना ६३ र धोनी ५६ रनमा आउट भए । टोलीको स्कोर ४ रन हुँदा कप्तान बिराट कोहलीलाई ब्यक्तिगत २ रनमा गुमाएको इण्डियाका लागि युवराज सिंहले १० वलमा २७ रन जोडे ।

श्रीलंका बिरुद्धको दोस्रो वन डे क्रिकेटमा साउथ अफ्रिका १ सय २१ रनले विजयी भएको छ । योसँगै ५ म्याचको सिरिजमा साउथ अफ्रिकाले २–० को अग्रता लिएको छ । ३ सय ८ रनको लक्ष्य पछ्याएको श्रीलंका ३७ ओभर ५ वलमा १ सय ८६ रनमा समेटियो ।

India England

विशेष