मनोरञ्जन

आफू १४ वर्षको उमेरमा बलात्कारको शिकार भएको हलिउड अभिनेत्री खुलासा

आफू १४ वर्षको उमेरमा बलात्कारको शिकार भएको हलिउड अभिनेत्री खुलासा

माघ २० । हलिउड अभिनेत्री एस्ले जुडले आफू पनि यौन दुर्वयवहार तथा बलात्कार पीडित भएको खूलासा गरेकी छन् ।

उनले आफू ७ वर्षकी हुँदा मलाई दुर्वयवहार गरियो । १४ वर्षको उमेरमा सन् १९९८ मा मेरो बलात्कार भयो । भाग्य नै भन्नुपर्छ म बेचिनबाट भने जोगिएँ’ उनले भावुक हुंदै भनिन् ।

भारतमा चलिरहेको एक सम्मेलनमा उपस्थित ४८ वर्षिया अभिनेत्रीले करिब ५ मिनेटको भनाइ राख्दै यौन हिंसा तथा महिला विरूद्ध हुने यसप्रकारका हिंसाको विरोधमा सशक्त आवाज उठाउनुपर्ने बताइन् ।

त्यस्तै भेदभाव गर्ने प्रसंगमा हलिउड पनि पछाडि नरहेको प्रसंगमा भने उनको भनाइ यस्तो थियो, ’हलिउडमा पारिश्रमिक दिने कुरामा महिला र पुरूषमा ठूलो खाल्डो रहेको छ । मेरो आफ्नो कमाइ नै मैले कमाउनुपर्ने भन्दा ४० प्रतिशतले कम छ ।

Ashley Judd

विशेष