मनोरञ्जन

रइसलाई दंगल र सुल्तानसँग तुलना गर्नु गलत– शाहरुख खान

रइसलाई दंगल र सुल्तानसँग तुलना गर्नु गलत– शाहरुख खान

माघ २० । गत बुधबारबाट प्रदर्शनमा आएको फिल्म ‘रइस’लाई लिएर धेरै समाचारहरु बने ।

मुख्य कुरा त उक्त फिल्मलाई विभिन्न मिडियाले काबिल, सुल्तान र दंगलसँग तुलना गर्दै आएका छन् । रइसको सक्सेस पार्टीमा उपस्थित भएका शाहरुख खानले रइसलाई दंगल र सुल्तानसँग तुलना गर्नु नहुने बताएका छन् ।

रइस सय करोड क्लबमा प्रवेश गरिसकेको छ । फिल्मलाई विभिन्न फिल्महरुसँग तुलना गरेको प्रसंगमा मुख खोलेका छन् । उनले दंगल र सुल्तानसँग फिल्मलाई तुलना गर्ने हो भने आकाशलाई सिमबद्धता नमाने हुने बताएका छन् ।

कुनै पनि फिल्मको आफ्नै सिमाना र लक्ष्य हुने र रइसले आफ्नो सिमा पार गर्न सकेको र सोचे भन्दा निकै राम्रो सफलता हासिल गरेको उनले बताए ।

Rais Sarukh Khan

विशेष