माओवादी, मिडिया र मलेसियाको असफलतादेखि उद्यमी बन्दाको सफलतासम्म
माओवादीको ठूला नेताहरुमध्ये उनलाई नचिन्ने कमै होलान् । माओवादीको गणतन्त्र रेडियो स्थापनाकाल देखिका रेडियो प्राविधिक हुन उनी । जनयुद्ध सकिएपछि धेरै नेपाली मिडियामा प्राविधिकको रुपमा काम गरे । कम्प्युटर, भिडियो इडिटिङ छायांकन र मिक्सिङको काममा आफू पोख्त रहे पनि प्राविधिक पेशाले घर धान्न सकेन र उनी उनी मलेसिया हानिए ।
माओवादीबाट मिडिया छिरेका उनको यात्रा मलेसिया छिरेपछि बदलियो । मलेसियामा गरेको दुःखले उनले नयाँ पाठ सिके । उनी नेपाल फर्के र आफ्नै देशमा व्यवसाय गर्ने सोच सपना बुने । माओवादी, मिडिया र मलेसिया हुदै अहिले उनी उद्यमी बनेका छन ।
उनी भन्छन –‘मलेसियामा दुःख गरेर कमाउनेभन्दा धेरै म यही बसेर कमाउछु ।’ विगतमा दुःख पाए पनि गुनासो नभएको बताउने अहिले उनी सन्तुष्ट र खुसी रहेको बताउँछन । उनी अर्थात राजेश चौधरी ।
बाल्यकाल चौधरी दाङको देउखुरीमा जन्मिए, त्यतै हुर्किए । मध्यम वर्गिय परिवारमा हुर्किएका उनलाई दुःखको अनुभव थिएन । भयंकर सुख पनि नभोगेका उनको जीवनले ७ कक्षा पढ्दा पढ्दै बाटो मोड्यो । कितावकापी च्यापेर सुन्दर भविष्यको सपना देख्दै गर्ने बेलामा उनले बन्दुक बोक्नु प¥यो । ‘रहर थिएन तैपनि हिड्न बाध्य भए ।’ उनले विगत सम्झिए –‘ घर बसे पनि मरिएला भन्ने डर माओवादीमा जादाँ नि त्यस्तै डर ।’ विस. २०४२ सालमा जन्मिएका उनी १५ वर्षको कलिलो उमेरमा जनयुद्धमा हिड्नु प¥यो । २०५७ सालमा तत्कालिन विद्रोही पार्टी माओवादीको लडाकू प्रवेश गर्दा युद्धको लहर देशभरिनै थियो । सेना वा माओवादी दुबै पक्षका जवानहरुको मरण कतिबेला हुने हो त्यस्को कुनै पत्तो थिएन । सानैदेखि नयाँ कुरा सिक्ने पढ्ने र बुझ्ने रुचि भएकाले उनले धेरै पढेर राम्रो काम गर्ने सपना देखेका थिए । त्यो सपना पूरा गर्न उनलाई देशको स्थितिले साथ दिएन । उनको व्यक्तिगत सपनाभन्दा देश बनाउने सपनाले उनी जनयुद्धमा होमिए । उनको जेठो दाइ र फुफू माओवादी जनयुद्धमा लागेका थिए । त्यहि कारण उनको घरमा सेना आएर दिनहुजसो धम्की दिने गथ्र्यो । दिनहुको धम्की, सोधपुछ र खानतलासी उनको परिवारलाई असय भएको थियो । कतिचोटी त सेनाको ब्यारेकमा समेत लगेर सोधपुछ गरिन्थ्यो ।
जनयुद्धमा लागेपछि उनी दाङबाटै माओवादीमा लागे । जीवनरक्षकै लागि उनी माओवादीमा हिड्न बाध्य भए । ‘त्यतीबेला आफ्नो सपना पूरा नभएपनि देशको लागि ठूलो सपना देखाइएको थियो । सानै भएर धेरै कुरा नबुझे पनि देश राम्रो हुन्छ भन्ने विश्वास थियो । तर, भने जस्तो परिवर्तन भएन ।’ उनले भने– ‘ देखेको सपना पूरा गर्न गाह्रो हुने रहेछ ।’ युद्धमा लागेको सुरुको वर्ष चौधरी स्पेशल ट्यास्क फोर्स गुरिल्ला फोर्समा काम गरे । त्यो दुई वर्षमा उनी कुनै दोहोरो भिडन्तमा परेनन् । २ वर्ष माओवादी सेनामा बिताएपछि उनको स्वास्थ्यमा समस्या देखियो । त्यतिबेला नै माओवादीले आफ्नो जनयुद्धलाई तिब्रता दिन सञ्चार माध्यमको उपयोग गर्न थाल्यो । तिनी त्यतैतिर लागे । सुरुमा माओवादीले जनादेश पत्रिका प्रकासित गथ्र्यो । जनादेश पत्रिका प्रभावकारी नभएको भन्दै माओवादीले विद्युतीय सञ्चार माध्यमका अवधारण अघि सा¥यो ।
रेडियो गणतन्त्रमा प्राविधिक काम गर्दा माओवादीले २०६० सालबाट गणतन्त्र रेडियो प्रसारण ग¥यो । देशभरिमा जम्मा ५ वटा रेडियो प्रसारण सुरु गरेको थियो । चौधरी गणतन्त्र रेडियो स्थापना कालदेखिकै रेडियो प्राविधिक हुन् । उनी रोल्पामा बसेर काम गर्थे । गणतन्त्र रेडियो माओवादीे आफैँले डिजाइन गरेर बनाएको रेडियो थियो । जुनसुकै ठाउँमा पनि बोकेर हिड्न सकिने किसिमको भएकाले सजिलो थियो । सोलार पावरबाट प्रसारण गर्न सकिने भएकाले विद्युत चाहिदैनथियो । सुरक्षाको दृष्टिले पनि रेडियोमा काम गर्न सजिलो थियो । युद्धको समय भएकाले जनताहरुलाई सुसूचित गराउन रेडियोको महत्वपूर्ण भुमिका सावित भएको थियो । रेडिया प्रसारण अवरुद्ध गर्न सरकार धेरै लागि परेको थियो । धेरै प्रयास गर्दा पनि रेडियोसम्म सेना आइपुग्न सकेको थिएन् । ‘त्योबेला रेडियो बिहान २ घण्टा र बेलुका २ घण्टा प्रसारण हुन्थ्यो । समाचार जनतालाई चेतना दिने खालको सामाग्रीहरु प्रसारण गर्न पार्टीले जोड दिएको थियो रेडियोको सबै सामाग्रीहरु अत्याधुनिक थिए ।’ उनले भने– ‘रेडियोका सबै सामाग्रीहरु माओवादी सर्मथक व्यापारीहरुले माओवादीकै डिजाईन अनुसार उपलब्ध गराएका थिए । हामी माओवादी सेनाको सुरक्षा घेरामा बसेर कार्यक्रमहरु प्रसारण गथ्र्यौ ।’ नेपालमा एफएम रेडियोहरुको विस्तार हुदैँ थियो । अहिलेको जस्तो सञ्चार साधनहरु पर्याप्त थिएन । चौधरीले प्राविधिकको काम जानेका थिएनन् । काम गर्दे सिक्दै उनी प्राविधिक सबै पक्षमा पोख्त भइसकेका थिए । माओवादीले एक सेना उत्पादन गर्नुभन्दा ठूलो एउटा पत्रकार उत्पादन गर्ने रणनीतीमा थियो । ‘सेनाले एउटा गोली ठोकेर माथ्र्याे भने पत्रकारले लेखेर बोलेर धेरै जनतालाई माओवादीको पक्षमा ल्याउन सक्छ भन्ने विस्वास थियो । त्यही रणनीतिअनुसार माओवादीले पत्रिका र रेडियोको विस्तारमा जोड दिएको थियो । ‘भेरी कणार्ली, सेती महाकाली, गण्डकी र पुर्वाञ्चल सबै क्षेत्रमा रेडियो प्रसारणलाई माओवादीले तिब्रता दिएको थियो,’ – चौधरीले भने । रेडियो प्रसारणको क्रममा चौधरीले धेरै ठाउँ फेर्नु प¥यो । नेपाली सेनाले रेडियोको उच्च निगरानी गरेकाले तीन–तीन महिनाको अन्तरालमा ठाउँ फेर्नुपथ्र्यो । पर्वत डोल्पा, रुकुम, रोल्पा, सल्यान र प्युठानमा समेत रेडियो सारियको थियो । ‘त्यो अविधिमा सेनाको आक्रमणमा नपरे पनि हामीले १२ ठाउँभन्दा बढी रेडियो सा¥यौ । हाम्रो कमाण्डरहरुले तीन–तीन महिनामा रेडियो सार्ने निर्देशन दिन्थे ।’ उनले भने – ‘आफ्नै मान्छेबाट घात हुन सक्छ भनेर माओवादी सेनाले २४ घण्टा रेडियोको सुरक्षा गरेर बस्थ्यो ।’ गणतन्त्र रेडियोले जनयुद्धमा सकारात्मक परिवर्तन देखाउन थाल्यो । गणतन्त्र रेडियो पर्वतबाट ९१ थोप्ला ५ मेगाहर्जमा प्रसारण हुन्थ्यो । सेनाले गणतन्त्र रेडियोलाई भौतिक आक्रमण गर्न नसकेपछि गणतन्त्र रेडियोको भन्दा बढी फ्रिक्वेन्सी राखेर त्यही मेगाहर्जमा सेनाले रेडियो चलायो । बढी पावरको रेडियो चलाएसंगै गणतन्त्र रेडियोले काम गर्न छोडेजस्तै भयो । गणतन्त्र रेडियोले फेरि फ्रिक्वेन्सी बदल्यो । फ्रिक्वेन्सी बदलेर भएपनि आफ्नो कार्यक्रम अगाडि बढायो । २ वर्ष रेडियो सफलतापूर्वक सञ्चालन भएपछि माओवादी र सरकारबीच बार्ता भयो । माओवादी सरकारमा आएपछि गणतन्त्र रेडियोको संरक्षण भएन । कोही रेडियो त्यत्तिकै छन भने कोही अझैसम्म चलिरहेको छन् । माओवादी वार्तामा आएपछि चौधरीजस्ता माओवादीका धेरै कार्यकर्ताहरुको विल्लीबाठ भयो । सेनामा भएका कतिपय अयोग्य सावित भए । तर, उनी रेडियोमा भएकाले सेनामा जान पाएनन् । अयोग्य हुनेहरुले ५ लाख पाए, राजेशलाई त्यो पनि जुरेन् । त्यैपनि उनले माओबादी आन्दोलनलाई गाली गर्न चाहेनन् । ‘माओवादी जनआन्दोलनले देखाएको सबै सपना पूरा ग¥यो म भन्दिन । देश समृद्ध बनायो म भन्दिन । तर, केही सकारात्मक परिवर्तन पनि ल्याएको छ,’ चौधरी भन्छन–‘ हामी स्वतन्त्र भएर हिडडुल गर्न पाएका छौ । त्यही परिवर्तन मान्नुपर्छ । म माओवादी जनआन्दोनमा लागेकाले पश्चाताप पनि गर्दिन र खुसी पनि हुन्न ।’ माओवादीले जनयुद्ध त्यागे जस्तै राजेशले पनि माओवादी त्यागे । माओवादीलाई चौधरी जस्ता हजारौ लडाकू र कार्यकर्ता चाहिएन् । उनलाई पनि माओवादी आवश्यक भएन् । त्यसैले उनी माओवादीबाट बिदा भए । कुनै पनि भूमिकामा नबसिकन उनी आफ्नै तरिकाले काम गर्न थाले । काठमाडौं आएर उनी नेपाल एफ एममा प्राविधिकको काम गरे । रेडियो टिभी फिल्मी स्टुडियो, छायांकन इडिटिङ लगायत सबै कामको अनुभव लिए । उनले धेरै ठाउँमा काम अनुसारको पारिश्रमिक पाएनन् । पारिश्रमक राम्रो पाएको ठाउँमा समयमा कहिल्लै हात लागेन् । उनले धेरै काम दिए, कामले दाम दिएन् । ‘म नपढेको मान्छे हेरेकै भरमा सबै काम सिक्थे । टिभीदेखि लिएर फिल्मी स्टुडियोमा दृश्य सम्पादनको काम पनि गरे । तर, मिडिया लाइनमा पैसा कहिल्ले नहुने ।’ चौधरी भन्छन– ‘पैसा नभएर कत्तिदिन भोकै हिडेँ । कति दिन हिड्दै अफिस पुगेँ । भोकै सुतेँ । मिडिया लाइनमा बाच्न नसक्ने भित्रि मनले नै भन्यो । त्यसपछि आठ वर्ष गरेको मिडिया लाइनको काम छोडेर विदेशतिर लागेँ ।’
अन्तरजातिय विवाह उनको विहे रोल्पामा नै भयो । गणतन्त्र रेडियोमा प्राविधिक हुदाँ रेडियोको समाचार वाचिका अरुणा रायमाझीसंग उनको प्रेम बस्यो । उनीहरुको प्रेम विवाहमा परिणत भयो । पार्टीमा उनले जनवादी विवाह गरे । उनीहरुको विवाह अन्तरजातिय थियो । तर, अन्तरजातिय विवाहले उनको परिवारमा केही असर परेन् । ‘हाम्रो फरक जात भएर हामी दुबै जनाको परिवारमा केही नराम्रो भएन् । हामी एकअर्कालाई माया र सम्मान गर्छौँ । अहिलेसम्म हाम्रो समबन्ध राम्रै चलिरहेको छ ।’ उनले भने । राजेश दुईवर्ष मलेसिया बसेर नेपाल फर्किए । फेरि विदेश जाने तयारीमा रहेको बेला उनको एकजना साथीसंग भेट भयो । साथीले विदेश जाने पैसा नेपालमै लगानी गर्न सुझाव दिए । पैसा लगानी त गर्ने तर के मा ? यसको उपाय पनि उनको साथीले नै दिए । त्यसपछि उनी साथीको चाउमिन बनाउने ठाउँमा गएर १५ दिन काम गरे । १५ दिनमा उनी चाउमिन बनाउने सबै काममा पोख्त भए ।
आफैँ उद्यमी बन्दा चौधरीसंग चाउमिन फ्याक्ट्री सञ्चालन गर्न पर्याप्त लगानी थिएन । युवा स्वरोजगारबाट ऋण गरेर लगानी गर्ने उनको प्रयास सफल हुन सकेन । त्यसपछि उनले सहकारीको महंगो ब्याजको ऋण गरेर चाउमिन उत्पादन थाले । उत्पादन थालेको एक वर्षमा व्यवसायमा राम्रो प्रगती गरेको बताउछन । ‘पैसा कमाउन विदेश जानु पर्छ भन्ने भ्रम रहेछ । मैले पनि त्योे भ्रममा परेर केही समय बर्बाद गरे । थोरै लगानीमा धेरै पैसा नेपालमै कमाउन सकिन्छ ।’ उनी भन्छन – ‘मैलै ५ लाख ऋण गरेर खोलेको व्यावसायले मलेसियामा भन्दा राम्रो आम्दानी दिएको छ । राम्रो कमाई छ । किन जानु प¥यो विदेश ? ’ चौधरीले अहिले काठमाडौं टोखा स्थित चाउमिन फ्याक्ट्री खोलेका छन् । विहान बेलुका आफैँ मार्केटमा हिड्छन । दुई जान कर्मचारीलाई रोजगारी दिएकाछन । ‘ म अहिले सन्तुष्ट छु । आफूले पनि कमाएको छु । अरुलाई पनि रोजगारी दिएको छु । धेरै पढ्न नपाए पनि सक्षम छु ।’ उनले भने – ‘म अझै केहि व्यक्तिहरुलाई रोजगारी दिन सक्छु । किनकि, यस्तो काम सजिलो र जसले नि गर्न सक्छ ।’ जनयुद्धमा अयोग्य घोषित भएर घर फिर्ता हुने धेरै लडाकूहरुले पैसा सदुपयोग गरेनन् । त्यो पैसाले केही व्यापार गरेको भए उनीहरुको जीवन व्यवस्थित हुने उनको धारणा छ । आज धेरै सहयात्रीहरु विदेसीदा र बेरोजगार हुँदा कता कता नरमाइलो लाग्ने उनी बताउछन । ‘सरकारले युवा स्वरोजगार कोष स्थापना गरेको छ । युवाहरुलाई ऋण दिएर व्यवसाय गर्न गरेको सरकारको कदम राम्रो छ । तर, ऋण कसरी लिन सकिन्छ के गर्नु पर्छ ? यस्ता विभिन्न प्रक्रियाहरु र त्यसको बारेमा जानकारी नदिदाँ धेरै युवाहरु लाभान्वित हुन सकेका छैनन् ।’ उनले भने ‘युवाहरु विदेश जानुभन्दा थोरै लगानीमा यस्तै काम गर्नु राम्रो हुन्छ । आफ्नो भविष्य सुरक्षित र सन्तानको गास र बास सुरक्षित हुन्छ ।’
प्रस्तुतिः सागर बुढाथाेकी Rajesh Chaudhary रेडियो प्राविधिक