युनाइटेड हल सिटीसँग गोलरहित बराबरीमा रोकिन बाध्ये, गोलकिपर नायक

माघ–२० । इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र हल सिटी गोलरहित बराबरीमा रोकिएको छ ।
युनाइटेडको घरेलु मैदानमा भएको खेलमा हल सिटीका गोलकिपर उत्कृष्ट रहे । एल्डिन ज्याकुपोविकले जाल्टन इब्राहिमोविच, आन माटा र पउल पोग्बाको प्रहारलाई विफल बनाउँदै हल सिटीलाई हारबाट जोगाए भने युनाइटेडको लागि बाधक बने ।
युनाइटेडले हल सिटीसँग बराबरी खेलेसँगै यो सिजनमा ९ बराबरी खेल भएको छ । बराबरी पछि छैटौँ स्थानमा रहेको युनाइटेडको २३ खेलबाट ४२ अंक भएको छ । हल सिटी भने १७ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।
इंग्लिस प्रिमियर लिग
म्यानचेस्टर युनाइटेड
हल सिटी