अर्थ कर्पोरेट देश

बाजुरामा दुईवटा नुन बिक्री डिपो थपिने

बाजुरामा  दुईवटा नुन बिक्री डिपो थपिने
माघ - २० । भौगोलिक विकटतालाई मध्यनजर गर्दै नेपाल साल्ट ट्रेडिङले बाजुरामा दुईवटा स्थायी डिपो थप्ने तयारी गरेको छ । आयोडिन दिवसका अवसरमा नेपाल साल्ट ट्रडिङका उपमहाप्रबन्धक एवम् क्षेत्रीय कार्यालय धनगढीका प्रमुख केशवप्रसाद पाण्डेले जिल्लामा दुईवटा नुन बिक्री डिपो केन्द्र थप्ने तयारी भइरहेको बताए । सदरमुकाम मार्तडीबाट ४० कोष टाढा रहेको बिच्छ्याको कवाडीमा तथा कुल्देवमाण्डौ गाविसको मौरेमा नयाँ स्थायी डिपो स्थापना गरिने उनले जानकारी दिए । मौरे डिपोबाट कम्तीमा छवटा गाविसका नागरिकलाई आयोडिनयुक्त नुन सहज रुपमा पाउने छन् । कवाडी डिपोबाट रुगिन र विच्छ्या तथा छिमेकी जिल्ला हुम्ला र मुगुका बासिन्दालाई प्रतिकिलो रु।नौ मा नुन उपलब्ध गराइने छ । “अझै आयोडिनयुक्त नुन सर्वसाधारणको पहुँचमा छैन,” उपमहाप्रबन्धक पाण्डेले भने । डिपो भन्दा अन्यत्रबाट नुन बिक्री गरेको पाइएमा रु।२५ हजार जरिवाना गर्ने कानुनी प्रावधान छ । जिल्लामा सबैभन्दा बढी थाइराइडका बिरामी देखिएकाले आयोडिनयुक्त नुनको प्रयोग आवश्यक भएको जिल्ला स्वास्थ्य कार्यालयका डा। मोहन नाथले बताए । जिल्लामा नौ हजार क्विन्टल नुनको आवश्यकता पर्छ । तर, जिल्लामा वार्षिक दुई हजार क्विन्टलसम्म मात्र आयोडिनयुक्त नुन बिक्री हुने गरेको पाइएको छ । अझै पनि यहाँ ढिके नुनको प्रयोग भइरहेको छ । जिल्लामा आठ हजार ३०० क्विन्टल नुन स्वीकृत भई आएको छ । कोल्टी डिपोमा मात्र तीन हजार ९०० क्विन्टल तथा मातर्डीमा दुई हजार क्विन्टल नुन मौज्दात रहेको बताइएको छ । रासस

bajura Salt Trading

विशेष