खेल

मनाङ मस्र्याङदी रमपम झापा गोल्डकपको सेमिफाइनलमा

मनाङ मस्र्याङदी रमपम झापा गोल्डकपको सेमिफाइनलमा
माघ–२० । झापामा जारी दोस्रो रमपम झापा गोल्डकपअन्तर्गत बिहीबार भएको खेलमा मनाङ मस्र्याङदी विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । मनाङले एनआरटी क्लबमाथि ४–० को जित निकाल्दै अन्तिम चारमा ठाउँ बनाएको हो । मनाङको जितका लागि निराजन मल्लले २ तथा सुशील लामा र अवालेले १–१ गोल गरे । यसअघि आयोजक झापा–११ तथा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब सेमिफाइनल पुगिसकेका छन् । अन्तिम क्वार्टरफाइनलमा मनाङ विजयी भएसँगै सेमिफाइनलमा प्रवेश गर्ने चार टोली पूरा भएको छ ।

एनआरटी दोस्रो रमपम झापा गोल्डकप मनाङ मस्र्याङदी

विशेष