खेल

लामपार्डले फुटबल जीवनबाट लिए सन्यास

लामपार्डले फुटबल जीवनबाट लिए सन्यास

माघ–२० । इंग्ल्याण्ड तथा इंग्लिस क्लब चेल्सीका पूर्व मिडफिल्डर खेलाडी फ्रयाङ्क लामपार्डले फुटबल जीवनबाट सन्यास लिएका छन् । ३८ वर्षीया लामपार्डले २१ वर्षको व्यवसायिक फुटबल यात्राको समाप्तीको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत बिहीबार आफ्नो सन्यासको घोषणा गरेका हुन् । गएको वर्ष उनले अमेरिकन फुटबल क्लब न्यू योर्क सिटीका लागि खेलेका थिए । लामपार्डले चेल्सीका लागि १३ वर्षको अवधिमा ६ सय ४९ खेल खेल भने इंग्ल्याण्डको राष्ट्रिय टिमबाट १ सय ६ खेल खेले । ‘खेल जारी राख्नका लागि मैले धेरै राम्रा अवसरहरु पाइरहेको छु, तर ३८ वर्षको पुगेँ । मैले जीवनलाई नयाँ ढंगले अगाडि बढाउने समय आएको छ’ उनले भने । २०१४ मा म्यानचेस्टर सिटीबाट पनि खेलेका लामपार्ड फुटबल प्रशिक्षकको रुपमा अगाडी बढ्ने संकेत पनि गरेका छन् । लामपार्ड सन् २००१ मा वेस्ट हामबाट चेल्सीमा प्रवेश गरेका थिए । चेल्सीमा रहँदा उनले गरेको २ सय ११ गोलले चेल्सीलाई एक च्याम्पियन्स लिग, तीनवटा प्रिमियर लिग, चारवटा एफए कप, दुईवटा लिग कप र एकपटक युरोपा लिग जिताउन मद्दत पुर्याएको छ ।

फुटबल लामपार्ड सन्यास

विशेष