प्रवास

कमिसनको खेलले बर्बाद बनायो

कमिसनको खेलले बर्बाद बनायो

माघ २१ । संयुक्त अरब इमिरेट्सको हिमाष सेक्युरिटी कम्पनीमा पुगेका एक सय २० नेवपाली रोजगारी पाउनुको सट्टा स्वदेश फर्कनु पर्ने भएपछि तनावमा छन् ।

कम्पनीले तीन वर्षे सम्झौता पत्रमा हस्ताक्षर गरी आवासीय भिसामा लगेको भए पनि उनीहरु मापदण्ड तालिम पूरा गरेको नौ महिनासम्म पनि काम पाएका छैनन् । सम्झौता अनुसार युएई पुगेको तीन महिनाभित्र उनीहरुले काम पाइसक्नु पर्ने हो ।

कम्पनीको कार्यस्थलमा पठाउनुको सट्टा नेपाललै पठाउने तयारी गरेपछि उनीहरुको समस्या सार्वजनिक भएको हो । हाम्रो आर्थिक शोषणको त कुरा छाडौं मानसिक र शारीरिक रुपमा पाएको यातनाको क्षतिपूर्ति कसले दिन्छ । एक पीडितले भने । युएइएको कानुन अनुसार उनीहरुले श्रम अदालतमा क्षतिपूर्तिको माग गर्दै उजुरी गर्न पाउँछन् तर उनीहरु अन्यौलमा छन् ।

हिममाया कम्पनीले नेपाली श्रम काउन्सीलर भेषबहादुर कार्कीलाई कम्पनीले नयाँ काम नपाएकाले काम दिन नसकेको जानकारी दिएको छ । जानकारहरु भने हिममायाले कामदार कम्पनीलाई कमिसन नदिएका कारण उनीहरुले काम नपाएको बताउँछन् ।

Nepali Alapatra

विशेष