मिठो फल भनेर आफ्ना बच्चालाई खाली पेटमा लिची नखुवाउनुहोस्, ज्यानै जान सक्छ
तराईमा स्वादिलो फल लिची धेरै मन पराइन्छ । मिठो र गुलिायो हुने भएकाले बालबालिकाहरुले लिची अझै मन पराउँछन् । तर खाली पेटमा लिची खाँदा बालबालिकाको मृत्यु हुने सम्भावना धेरै हुन्छ ।
खाली पेटमा लिची खाएका कारण भारतको बिहारमा मात्रै वर्षमा १ सय भन्द बढी बालबालिकाले ज्यान गुमाउँछन् । बिहारमा लिची उत्पादन धेरै हुने गर्छ । त्यहा आश्चर्यजनक ढंगबाट बालबालिकाको मृत्यु हुन थालेपछि एक अनुसन्धान टोलीले केही समय लगाएर गहन अध्ययन गर्यो । त्यो अनुसन्धानको रिपोर्ट हालै बेलायतबाट प्रकाशित हुने विश्वकै प्रतिष्ठित मेडिकल जर्नल ‘द ल्यासेन्ट’मा प्रकाशित भएको छ ।
जसमा अचानक बेहोस भएर ढल्ने र बालबालिकाको मृत्युको कारण अरु केही नभएर खाली पेटमा खाएको लिची हो भनिएको छ । उक्त अनुसन्धानमा पाइएको तथ्य अनुसार लिचीमा हाइपोग्लिसिन भन्ने तत्व हुन्छ । जसले खाली पेटमा ग्लुकोज उत्पादन रोक्छ । परिणामस्वरुप मस्तिष्क सुनिन्छ । बिरामी बेहोस हुन्छन्, अन्ततः मृत्यु पनि हुन सक्छ । सन २०१४ मा बिहारको मजफ्फपुर अस्पतालमा लिची खाएर बिरामी परेका बालबालिकाको मेडिकल जाँच गर्दा मस्तिष्क सुनिएको र कतिपयको शरीका विभिन्न भाग बाउँडिने लक्षण देखा परेका थिए । या समस्याको उपचार ज्यादै जटिल भएकोले एक मात्र समाधान भनको खाली पेटमा बालबालिकालाई लिची खान नदिने नै हो ।