देश

हात्तीको आक्रमणबाट वृद्धको मुत्यु

हात्तीको आक्रमणबाट वृद्धको मुत्यु
माघ - २१ । जङ्गली हात्तीको आक्रमणमा परी कञ्चनपुरको पुर्नवास नगरपालिका– १ बिचफाँटाका ६० वर्षीय मानबहादुर सुनारको शुक्रबार बिहान मृत्यु भएको छ । भारतीय दूधुवा नेसनल पार्कबाट आएको हात्तीको बथानले आक्रमण गर्दा सुनारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक दलराम टमाटाले जानकारी दिए । उनका अनुसार रोजगारका लागि बिहानै भारततिर गइरहेको बेला हात्तीले उनीमाथि आक्रमण गरेको हाे । सुनारसँगै रहेका अन्यले भने भागेर ज्यान जोगाएका छन् । हात्तीको आक्रमणबाट यसअघि एकजना महिलाको मृत्यु भएको थियो ।

हात्ती आक्रमण

विशेष