मनोरञ्जन

दीपक दीपाले निश्चल र स्वस्तीमालाई लिएर फिल्म बनाउने पक्का–पक्की

दीपक दीपाले निश्चल र स्वस्तीमालाई लिएर फिल्म बनाउने पक्का–पक्की
माघ २१ । अहिलेको आदरणीय जोडि वा राष्ट्रिय दाइ भाउजु मानिने निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तीमा खड्कालाई फिल्ममा एकसाथ हेर्न चाहने दर्शक धेरै छन् ।
अब यो दर्शकको चाहना चाँडै नै निर्देशक, निर्माता तथा अभिनेता दीपकराज गिरी, दीपाश्री निरौला र ‘नाइ नभन्नु ल’ का निर्देशक विकासराज आचार्यले पूरा गर्ने भएका छन् । फिल्म ‘छ एकान ६’, ‘वडा नं ६’ र ‘छक्का पञ्जा’ अत्याधिक सफलता हासिल गरेका टिम दीपक, दीपा र ‘नाइ नभन्नु ल’ का निर्देशक आचार्यबीच यस विषयमा सहमति भइसकेको छ भने छिट्टै अन्तिम सम्झौता हुने बताइएको छ । फिल्मको टाइटल निर्धारित भएको छैन भने फिल्म यो वर्षान्तमा फ्लोरमा जाने छ । फिल्म दीपक र दीपाश्रीको कम्पनी आमा सरस्वती मुभिज र वान टाइम सिनेमाको संयुक्त ब्यानरमा तयार हुनेछ । उक्त फिल्मको लिड अभिनेतामा जितु नेपाल करिब फाइनल भइसकेका छन् भने अर्का अभिनेतामा निश्चल बस्नेत र लिड अभिनेत्रीमा उनकी पत्नी स्वस्तीमा खड्का पनि पक्का हुने संभावना बढी छ । यो कुरा पक्का पक्की भएपनि सम्झौतापत्रमा भने हस्ताक्षर गर्न बाँकी छ । फिल्म पूर्णरुपमा कमेडी जानरामा बन्ने र फिल्ममा सेन्टिमेन्टल लभ स्टोरी पनि जोडिने बताइएको छ ।

विशेष