नेपाल पाकिस्तानसँग १० विकेटले पराजित
माघ–२१ । भारतमा जारी दृष्टिविहीन विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा सहभागी नेपाली टोली आफ्नो चौथो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको छ ।
पहिले ब्याटिङ गरेर नेपालले दिएको १ सय १७ रनको लक्ष्य पाकिस्तानले ७ ओभर ५ बलमै पूरा गरेको हो । नेपालको लागि सुनिल राना मगरले सर्वाधिक ४० रन बनाए । त्यस्तै रमेशबहादुर बाँनियाले १५ र लोकबहादुर थापाले १० रन बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
पाकिस्तानको लागि रियासद खानले ५६ रन र मति उल्लाहले ५० रन बनाए । नेपालले खेलेको चार खेलबाट १ खेल जित्दै लिग तालिकाको ७ औँ स्थानमा छ भने पाकिस्तान पहिलो स्थानमा छ ।
राउण्ड रबिन लिगको आधारमा खेलाइने उक्त प्रतियोगिताको शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । नेपालले शनिबार वेष्ट इन्डिजसँग खेल खेल्नेछ ।
क्रिकेट
दृष्टिविहीन विश्वकप
नेपाल
पाकिस्तान