खेल

अायाेजक झापा ११ फाइनलमा प्रवेश

अायाेजक झापा ११ फाइनलमा प्रवेश
माघ–२१ । झापाको डोमालाल रंगशालामा जारी झापा गोल्डकपको फाइनलमा आयोजक झापा–११ प्रवेश गर्न सफल भएको छ । झापाले हिमालयन शेर्पा क्लब काठमाडौँलाई ४–० ले हराउँदै उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । झापाको जितका लागि कर्ण लिम्बुले २ गोल गरे भने बुद्ध चेम्जोङ र समिर कन्दवाले १–१ गोल गरे । आयोजकले झापा ११ प्रतियोगिताको अन्तिम दुईमा प्रवेश गरे हरेक खेलाडीलाई जनही २५ हजार र उपाधि जिते ५० हजार प्रोत्साहन स्वरुप दिने बताइसकेको छ । प्रतियोगिताको विजेताले ७ लाख नगदसहित मेडल,ट्रफि र प्रमाण पत्र पाउने छन् भने उपविजेताले ३ लाख ५० हजार पाँउनेछन् । गत वर्ष ६ लाख पुरस्कार राशी राखेको झापा गोल्डकपले यो वर्ष १ लाख थपेर मोफसलकै सर्वाधिक राशी ७ लाख र्पुयाएको छ । १० टिमको सहभागी रहेको प्रतियोगिताको फाइनल माघ २५ गते हुनेछ । दोस्रो सेमिफाइनल भने शनिबार मनाङ र आर्मी बीच हुनेछ ।

झापा ११ झापा गोल्डकप

विशेष