स्वास्थ्य

झापामा ३ सय ६३ जनाले लिए निःशुल्क गर्भपतन सेवा

झापामा ३ सय ६३ जनाले लिए निःशुल्क गर्भपतन सेवा
सरकारले सुरक्षित गर्भपतनका लागि औषधि निःशुल्क गरेसँगै झापामा ३६३ जनाले निःशुल्क गर्भपतन सेवा लिएका छन् । आर्थिक वर्ष २०७३÷७४ को छ महिनाको अवधिमा झापाका ११ वटा सूचीकृत स्वास्थ्य संस्थाबाट उनीहरुले गर्भपतन सेवा लिएका हुन् । नौ हप्ता ९६३ दिन० को गर्भपतन गराउने औषधि ‘मेटाबोन’ गत असोजदेखि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ । सो अवधिमा धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रबाट ७८ जना, शनिअर्जुनबाट २८ जना, सुरुङ्गा स्वास्थ्य चौकीबाट ६८ जना, बनियानीबाट १६, शिवगञ्जबाट ३५, शान्तिनगरबाट १८ जना, चन्द्रगढीबाट २०, अनारमनिबाट ५१, तोपगाछीबाट १० र गौरादहबाट ३१ जनाले गर्भपतन सेवा लिएका हुन् । साउन र भदौ महिनामा ती संस्थाबाट रु ५०० तिरेर महिलाले सेवा लिए पनि असोजयता सेवा निःशुल्क गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स अनिता ओलीले जानकारी दिनुभयो । सूचीकृत ती संस्थालाई प्रतिव्यक्ति रु ८०० सरकारले नै दिने उनले बताइन् । त्यस्तै, सोही अवधिमा मेडिकल र सर्जिकल दुवै माध्यमबाट मेरी स्टोप सेन्टर बिर्तामोडबाट ५५३ जनाले गर्भपतन सेवा लिएको सेन्टरका प्रमुख यज्ञराज प्रसाईंले जानकारी दिए । त्यस्तै, परिवार नियोजन सङ्घ झापाले पनि ३३८ जनालाई गर्भपतन सेवा प्रदान गरेको छ । सम्बन्धित महिलाको मन्जुरीबिना वा अन्य कुनै कारणबाट गर्भ रहन गएमा १२ हप्तासम्मको गर्भ स्वेच्छिक रुपमा तुहाउन सक्ने अधिकार २०६० को स्वास्थ्य नीतिले सम्बन्धित महिलालाई दिएको छ । चिकित्सकको परामर्शमा नौ हप्तासम्मको गर्भ औषधिको माध्यमबाट तुहाउन सक्ने कानुनी व्यवस्था रहेको छ ।

Garva Patan

विशेष