'हिमालयन हिरो' विनोद शाहीको संर्घषदेखि आत्महत्याको प्रयाससम्म
हिमालयन हिरोको उपनामले प्रसिद्ध विनोद शाही काठमाडौमा प्लस टु पढ्दापढ्दै चटक्कै छोडेर डोल्पाको विकट गाउँमा पुगे । आफ्नो भविष्य बनाउन थाती राखेर डोल्पाली बच्चाहरुको भविष्य बनाउन केन्द्रीत रहे ।
चित्रकलामा राम्रो दख्खल उनी चित्रकलाको अमेरिका तथा अष्ट्रेलियाको अध्ययन अवसरलाई त्यागेर डोल्पाको विकट बस्तीका बालबालिको भविष्य परिवर्तन गर्न पुगे । जो विगत १२ वर्षदेखि डोल्पाली बच्चाहरुको भविष्यको लागि निरन्तर संर्घष गरिरहेका छन् ।
सुगम काठमाडौं छोडेर दुर्गम डोल्पातिर विनोद काठमाडौंमा जन्मिए, यतै हुर्किए । सामान्य नेवारी परिवारमा जन्मेको हुनाले उनले सरकारी स्कुलबाट नै एसएलसी पास गरे । एसएलसीपछि उनले ललितकला क्याम्पसमा फाइन आर्टमा भर्ना भए । उनी फाइन आर्टसँगै कर्मश पढ्न उनी कलेज पुग्थे । उनको आर्ट शोखको विषय थियो भने कर्मश साथीको लहडमा लागेर भर्ना भएका थिए । युवाअवस्थामा उनी साथीभाइहरुसँग गीत गाउदै कमिक्सभन्दै हिड्थे । सगत राम्रै भएपनि राम्रो काम गर्ने अवसर भने मिलेको थिएन् । चित्रकलामा, म्युजिक, ड्रामा र कमिक्समा पोख्त भएकाले उनको साथी सर्कल ठूलो थियो । उनी यतिमै रमाइरहेका थिए । तर, साथीभाइसँगको रमझमले उनको मनमा कहिल्यै शान्ति छाएन् । उनको मनमा केही राम्रो गर्नुपर्छ भन्ने सोच थियो । ‘जे गरिरा’को छु नराम्रो नभए पनि यसले मलाई खुसी दिदैन भन्ने मनमा लाग्यो ।’ उनले भने – ‘के गर्ने, कसरी गर्ने, म कसरी अरुको सेवा गर्न सक्छु, म कसरी खुसी हुन सक्छु ?’ यस्तै सोचाइमा उनको मन मष्तिक व्यस्त थियो । किनकि उनी बाल्यकालदेखि नै अरुलाई सहयोग गर्ने र समाज सेवा गर्ने रुचाउँथे । नभन्दै उनलाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो । त्यही समयमा उनले २ वटा सामाजिक संस्थामा भोलेन्टियर गर्ने अवसर पाए । उनले भोलेन्टियर गरिरहेको संस्थाले डोल्पाको साल्दाङ गाविसको ३ वटा स्कुले बच्चाहरु पढाउन काठमाडौं ल्याएको थियो । उनी त्यही संस्थामा डोल्पाली बच्चाहरु पढाउने टिचर भए । त्यहाँबाट उनको डोल्पाली बालबालिकाहरुप्रति लगाव बढ्यो । ‘डोल्पाली बच्चाहरु काठमाडौंमा गाडी देख्दा पनि अचम्म मानेर हेर्थे, पसलको सामान उनीहरुलाई अनौठो लाग्थ्यो, हरेक चिज नौलो मानेको देख्दा म सोच्न बाध्य हुन्थेँ ।’ उनले भने – ‘नेपाली भाषा राम्रोसँग बुझ्दैनन् । यहाँ आउने बच्चाहरु यस्ता छन्, उही डोल्पामै बसेकाको अवस्था कस्तो होला ?’ उनीहरुको अवस्था बुझ्न बालबालिकाको नजिक हुन्थे । बालबालिकाहरुलाई पढाउदै गएपछि मित्रता पनि बढ्दै गयो । तीनै बालबालिकाबाट उनले डोल्पाको बारेमा धेरै थाहा पाए । डोल्पाको स्कुलमा जम्मा ६ महिना पढाइ हुन्थ्यो । हिउँदमा चिसोले गर्दा ६ महिना स्कुल बन्द हुन्थ्यो । त्यही कारणले ती बालबालिकाहरुलाई पढाउन काठमाडौं ल्याएको थियो । उनले ती बालबालिकालाई नेपाली भाषा पढाउनुका साथै चित्रकला पनि सिकाउन थाले । ६ महिनापछि ती विद्यार्थीहरु डोल्पा जान तयार भए । विद्यार्थीले पनि सँगै जान कर गरे । ‘तपाई हामीसँग डोल्पा हिड्नुस सर ।’ धेरै पटक विद्यार्थीहरुले कर गरेपछि उनले इन्कार गर्न सकेनन् । उनी काठमाडौंमै सामाजिक सेवामा लागेका थिए । काठमाडौंबाट डोल्पा बालबालिका पढाउनको लागि भोलेन्टियर बनेर गए । उनी डोल्पा जान तयार भए । तर, उनको डोल्पाको यात्रा भने त्यति सजिलो थिएन ।
[caption id="attachment_54355" align="alignnone" width="700"] फोटोः सागर बुढाथोकी[/caption]
उनले अभिभावकलाई अमेरिका जान छोडेर डोल्पा जाने निर्णय सुनाए । अभिभावक उनको निर्णयमा सहमत हुन तयार थिएनन् । आफन्तहरु भन्थे – ‘ काठमाडौं छोडेर किन जान्छस् डोल्पा ? यहीपढ्, आफ्नो भविष्य बना ।’ त्यतिबेला उनले भनिदिए –‘म डोल्पा जान खोजेको हैन, डोल्पाले मलाइ खोजेको हो । धेरै बालालिकाहरु शिक्षाको उज्यालोबट बञ्चित छन् ।’ उनको यस्तो ढिपीको अगाडि कसैको केही लागेन् । उनी डोल्पा हानिए ।
डोल्पाको पहिलो यात्रा डोल्पाको बारेमा धेरै सुने पनि उनी पुगेका थिएनन् । त्यहाँ पुगेपछि हावापानी र अन्य वातावरणले उनको मनम शान्तिको आभास दिलायो । डोल्पा पुग्न प्लेनबाट ओर्लेर ९ दिन हिड्नुपथ्र्यो । काठमाडौंको खाल्डोबाट कहिल्लै ननिस्केका उनलाई त्यो यात्रा जीवनको अविस्मरणिय क्षण बन्यो । डोल्पा पुग्न हजार मिटरभन्दा अग्लो हिमाली बाटो पार गरेर हिड्नुपथ्र्यो । कहिल्यै हिउँमा नहिँडेका उनलाई हिउँले ढाकेको बाटोमा हिड्न निकै गाह्रो भयो । हिउँले गर्दा उनीलगायत साथैमा आएका सातै जना जाडोले कठ्याङिग्रएका थिए । ‘जतिमाथि बड्दै गयो, त्यति नै रिगंटा लाग्ने । जताततै हिउँ नै हिउ । माईनसमा तापक्रम थियो । शरीरको सबै अंग चिसोले चलाउन नसक्ने थियो ।’ उनले थपे –‘सास फेर्न गाह्रो भएको महसुस हुँदै थियो । हिउँको स–सानो खोला तर्दा चिसोले खुट्टामा खाइसकेको थियो ।’ त्यस्तो ठाउमा बाटो भुलेर उनी हिउँमा समेत भासिए । सगै जाने साथीहरु आफू पनि भासिने डरले उनको नजिक परेनन् । हातमा उनले बोकको ठूलो क्यासेट थियो । त्यही टेकेर उनी निस्कन सफल भए । उनी हास्दै भन्छन् – ‘पिके फिल्ममा आमिर खानलाई क्यासेटले बचाएजस्तै मलाई पनि क्यासेटले बचायो ।’ डोल्पा पुग्नुभन्दा अघि धेरै ठाउँमा बास बस्नु पथ्र्यो । उनीहरु कहिल्लै जंगलमा कहिले ओडारमा र कहिले गुफामा बास बस्दै डोल्पा जादै थिए । धेरै जना भएकाले यात्रा रमाइलो थियो । एकदिन उनीहरु हिउँ नै हिउँ भएको ठाउँमा सुत्नु प¥यो । विनोदसँग अरु साथीको जस्तो स्लिपिङ ब्याग गतिलो थिएन् । रातभरी हिउ प¥यो । चिसो हावाले उनको शरीरको हड्डीदेखि नै शिथिल हुदै आएको थियो । चिसोको कारण उनले सास फेर्न, हातहरु चलाउन र बोल्न सकिरहेका थिएनन् । उनले मनमनै त्यो नै अन्तिम रात भन्ने सोचिसकेका थिए । तर, बिहानको मिर्मिरे घामको उज्यालोसँगै उनको बाच्ने आस बढेर आयो । शरीरको चल्न छोडेकोे अंगप्रत्यंग विस्तारै चलमलाउन थाल्यो । ‘अलिकति ढिलो घाम लागेके भए म चिसाले कठ्याङिग्रएर मर्ने थिएँ ।’ उनले त्यो बेलाका अनुभव सुनाए – ‘धन्न चाडो घाम लाग्यो र बचेँ । सानो घामको झुल्कोको महत्व मैलै त्यतिबेर महसुस गरे ’ ९ दिनको पैदल यात्रा गरेर त्यहाँ पुग्दा उनले अनौठो दृश्य देखे । गाउँमा मान्छेहरु थिएनन् । उनले रुख विरुवा केही देखेनन् । खेतीपाती नभएकाले गाउँ उजाड मरुभुमी जस्तै थियो । कुनै कुनै घरबाट धुवा निस्किरहेको देखिन्थ्यो । भर्खरै युद्ध सकिएर शान्त हुन लागेको ठाउँजस्तै देखिन्थ्यो । गाउँमा अलिअलि भेडाच्याङग्राहरु पालेको देखिन्थ्यो । ‘यस्तो ठाउँमा के खाएर बाच्ने होला ।’ उनको मनमा यस्तै सोच आइरहेको थियो ।
[caption id="attachment_54357" align="alignleft" width="381"] फोटो साभार : मोतीराम मर्हजन[/caption] ५ घण्टा हिडेर हप्ताको एकदिन पढाई उनी गाउँमा पुग्ने बित्तिकै गाउँलेहरुले स्वागत गरे । चिया रक्सीमा घिउ हालेर दिए । उनीहरुलाई गाउँमा स्वागत गर्ने सँगसँगै नराम्रो मान्ने पनि धेरै थिए । कतिले पढाउन आएको भन्ने ब्त्तििकै हाम्रा छोराछोरी किन पढाउनु ? भने उल्टो प्रश्न गर्थे । पढेर के हुन्छ ? भन्ने सोचाइ धेरै थियो । गाउलेहरुलाई स्थानिय नेताहरुले अनेक कुराहरु सुनाएर गाउँलेलाई भड्काएका थिए । यस्तै सोचाइले गर्दा गाउँमा स्कुल भएपनि राम्रोसँग पढाइ भएको थिएन् । उनी गएको गाउँबाहेक अन्य ठाउँमा स्कुलहरु थिएन् । भाषा तिब्तीयन मूलको भाट प्रयोग हुन्थ्यो । सुरुमा उनलाई डोल्पामा काम गर्न निकै गाह्रो भयो । डोल्पाको केही नेताहरुले उनले गरेको काम देखिसकेनन् । गाउँलेहरुले भड्काएको भनेर गाली गर्थे । ‘मैले फेसबुकमा फोटो पोस्ट गरेपनि गाली गर्थे । मैले काही गएर बोले पनि गाली गर्थे ।’ उनले भने – ‘उनीहरुको सोचाइमा विकास र गाउँको उन्नती–प्रगती केही थिएन् । उनीहरु शिक्षाको विरोधी थिए ।’ उनले शेर्ले दुकर्डा स्कुलमा गएर पढाउन थाले । त्यो गाउँबाहेक अन्य गाउँका बालबालिका शिक्षाबाट बञ्चित थिए । उनी अन्य गाउँमा हप्तामा एकदिन गएर बच्चाहरुलाई पढाउथे । उनले ती गाउँमा आफैँले हिमालयन दरलाराङ स्कुल स्थापना गरे । आफू बसेको ठाउँमा शुक्रबारसम्म पढाउथे । त्यसपछि, ५ घण्टा भन्दा बढि हिडेर शुक्रबार र शनिबार पढाएर फर्कन्थे । त्यसरी नै उनले डोल्पाको धेरै ठाउँमा पढाए । सन् २००८ मा उनले अन्य ठाउँमा पढाउन सुरु गरे । डोल्पामा बन्द भएको स्कुलहरुमा उनी पुगेका हुन्थे । त्यहाँ स्कुल विसं २०३२ सालमा सुरु भएपनि सञ्चालन भएको थिएन । उनले विस्तारै सबै ठाउँका बालबालिकाहरुलाई पढ्ने वातावरण मिलाउदै लगे । त्यहाँ पढाउन शिक्षकहरुको अभाव थियो । त्यो अभावको पुर्ती उनले गर्दै लगे । साथै उनको प्रभावकारिता बढ्दै गयो । हाम्रो छोराछोरीलाई किन पढाउने भनेर भन्ने अभिभावहरुले उनलाई पढाइदिन आग्रह गरे । सन् २०१४ बाट उनी आफैँले स्नो–याक फाउन्डेसन खोलेर अन्य ठाउँमा एकल प्रयासबाट बालबालिकाहरु पढाउन थाले । बालबालिकाहरुलाई कापी कलम उनी आफैँ जुटाउथे । शिक्षकको लागि तलब, लत्ताकपडा र कापी कलमको व्यवस्था गर्न उनलाई अत्यन्तै गाह्रो थियो । उनको स्नो–याक फाउन्डेसनले डोल्पाली बालबालिकाको लागि सहयोग पर्याप्त जुटाउन सकिरहेको थिएन् । उनी विदेशी सहयोग लिदैनन् थिए । त्यसैले उनले काठमाडौंका स्कुले बालबालिकाहरुसँगबाट थोरै रकम उठाएर सहयोग गर्ने योजना बनाए । ‘नेपालीहरुले चाहने हो भने धेरै गर्न सक्छन् ।’ उनी भन्छन्– ‘विदेशी डोनेशन होइन हामी आफैँमा विश्वास गर्छौ ।’ अहिलेसम्म धेरथोर बालबालिका तथा गृहणीहरुबाट सहयोग पाइरहेका छन् ।
६ महिना काठमाडौं ६ महिना डोल्पा ६ महिना डोल्पामा पढाएपछि उनी ६ महिना काठमाडौं आउछन् । काठमाडौंमा उनी डोल्पाली बालबालिकाको लागि कापीकलम जम्मा गर्छन । विभिन्न स्कुल बालबालिका तथा गृहणीहरुसँग सहयोग माग्छन् । ६ महिनासम्ममा प्राप्त भएका सम्पूर्ण समानहरु लत्ताकपडादेखि अन्य कुरा जम्मा गरेर ६ महिनापछि फेरि जान्छन । डोल्पाको १० वटा गाउँको बालबालिकाहरुलाई काठमाडौंको विभिन्न स्कुलमा पढ्ने विद्यार्थीले कापी कलम सहयोग गर्छन । पढाउन राखेका शिक्षकहरुलाई तलब दिन्छन् । डोल्पामा खाद्यान्नको अभाव छ । उनी खानेकुरा काठमाडौंबाट लैजान्छन् । अपुग खानेकुराहरु चाइना बजारबाट किनेर ल्याउछन् । अहिले उनले ६ वटा स्कुलका बालबालिकाहरुलाई पढाइरहेक छन् । वर्षेनी यो क्रम बढ्दै छ । उनको जस्तै अन्य ठाउँको युवाहरुले पढेर आफैँले स्कुल पढाउने पनि धेरै छन् । उनको फाउन्डेसन स्नो–याक फाउन्डेसनले ६ वटा स्कुलमा १४ जना शिक्षक र अन्य बालबालिकालाई रोजगार दिएको छ ।
[caption id="attachment_54358" align="alignright" width="307"] फोटो साभार : मोतीराम मर्हजन[/caption] हिजोको डोल्पा र आजको डोल्पा पहिलाभन्दा अहिले डोल्पामा उनले धेरै परिवर्तन देखेको छन् । पढेर के हुन्छ भन्ने अभिभावकहरुले आफ्नो छोराछोरी पढाउन थालेका छन् । उनी आफैँले पढाएका विद्यार्थीहरु अहिले त्यहि स्कुलमा पढाउन थालेका छन् । उनी जसरी अमेरिका त्यागेर डोल्पा गएर बालबालिकाको सेवा गरिरहेका छन् । त्यस्तै कतिपय युवाहरुले आफ्नै गाउँमा शिक्षाबाट बञ्चित बालबालिकालाई पढाइ रहेका छन् । उनीहरुको लागि प्र्रेरणा र सहयोग उनले प्रदान गरिरहेका छन् । उनको काममा सहयोग गर्न अहिले धेरै डोल्पाली युवाहरु लागिरहेका छन् । त्यहाका अभिभावकले पनि छोराछोरीको भविष्यको जिम्मा उनलाई दिएका छन् । अन्य सरकारी स्कुलबाट उनको सहयोगको लागि आग्रह गरेका छन् । उनी त्यो आग्रह पूरा गर्न दिनरात नभनी लागिरहेका छन् ।
डोल्पाले जीवन बुझ्न सिकायो उनले डोल्पा गएर धेरै कुरा सिकेको बताउछन् । डोल्पालीहरु दिनरात प्रकृतीसँग संर्घष गरेपनि उनले खुसी देखेका छन् । बच्चाहरुले भारी बोक्नु परेपनि रमाएकै छन् । खानको लागि धेरै संर्घष गरेपनि काठमाडौंको मानिसहरुभन्दा त्यहाँ खुसी छन् । उनी पनि काठमार्डौभन्दा डोल्पामा खुसी छन् । त्यहाँ गएपछि उनले जीवनलाई नजिकबाट बुझेको बताउछन् । आफू को हुँ भनेर डोल्पा पुगेर नै चिन्न सकेको उनको तर्क छ । ‘काठमाडौंको मान्छेको जीवन जटिल र बुझ्न नसकिने छ । कोही कहिल्लै पनि सन्तुष्ट र खुसी देखिदैनन् ।’ उनले भने– ‘डोल्पालीहरु साधारण तर संसारकै खुसी छन् । जीवनदेखि सन्तुष्टि छन् ।’
जीवनमा धेरै सम्झौता गरेपनि सन्तुष्ट उनी डोल्पा गएर जीवनमा धेरै सम्झौता गरेपनि सन्तुष्ट छन् । आफ्नो परिवार र करिअर छोडेर त्यहाँ बस्दा धेरै अवसर गुमाए पनि उनलाई त्यसको कुनै पछुतो छैन । घरपरिवार हेर्न नसक्दा कहिलेकाही नरमाइलो लाग्ने गरेको बताउछन् । ‘म बुवाआमालाई बुद्धपछिको पापी मान्छे हुँ भन्छु । किनकि, मेरो कारणले उहाँहरुलाई धेरै दुःख भयो ।’ उनले भने– ‘अस्ती भूकम्पले घर भत्कियो ऋण गरेर बनाउनुप¥यो । मैले साधारण खर्चसमेत दिन सकेको छैन ।’ उनी डोल्पालाई पृथ्वीको लुकेको स्वर्गको रुपमा लिन्छन् । त्यहाँका मानिसहरुलाई उनी एन्जलजस्तै मान्छन् । परिश्रमी, कर्मशिल र अरुको भर नपर्ने डोल्पाली जनताहरुले नै आफ्नो ठाउँको विकास गरेको हेर्न चाहन्छन् उनी । डोल्पाको विकास र समृद्धिको लागि विनोदसँग योजनाहरु पनि धेरै छ । योजना सँगै डोल्पाली समुदायका मानिसहरुको सहयोग भएकाले सपना पूरा हुनेमा विश्वस्त छन् । विनोदलाई हिमालयन हिरो भनेर चिन्नेहरु धेरै छन् । उनी नामले भन्दा पनि कामले हिरो हुनुमा विश्वास गर्छन् । ‘अरुले भनेजस्तै म हिरो होइन । साधारण मान्छे हुँ ।’ उनी भन्छन् – ‘सबै डोल्पालीहरु हिरो हुन् । हामीलाई सहयोग गर्ने सहयोग दाताहरु हिरो हुन् । उहाँहरुको सहयोगबिना म केही हैन ।’
डिप्रेसनको सिकारदेखि आत्महत्याको प्रयाससम्म नेपाली फाउन्डेसनले चलेको संस्था सहयोग जुटाउन उनलाई अत्यन्तै कष्ट थियो । त्यहा काम गर्ने शिक्षकको लागि उनले आफ्नो आमाको सुन बेचेर तलब दिएका थिए । भोको पेट र खाली खल्ती गरेर दिनभर दौडेर रातभर नसुतिकन उनी त्यसको प्रतिवेदन तयार पार्थे । विरामी आमालाई उपचार गर्ने पैसा थिएन् । कानमा भएको सुन समेत उनले त्यतै लगाइसकेका थिए । त्यस्तो अवस्थामा गलत प्रचार हुदाँ उनलाई धेरै तनाव थपियो । सोचेको पूरा नहुने जस्तो आइसकेको थियो । भूकम्पले घर भत्काएको बेला उनी परिवारको साथमा नबसिकन डोल्पाको लागि काम गरेका थिए । त्यस्तो अवस्थामा उनको खुट्टा तान्ने धेरै थिए । हौसला कतैबाट पाएका थिएनन् । दिल ज्यान लगाएर काम गर्दा पनि सुरुवाती दिनमा उनले धेरै नै हण्डर खाए । कति दिन डोल्पाको डाडाँपाखमा गएर एक्लै रोए । राम्रो कामको गलत अर्थ निकालिदाँ डिप्रेसनको सिकार भए । ‘म पुरै फ्रस्टेसनमा पुगिसकेको थिए । आफ्नो सर्वस्व त्यागेर त्यहाँ राम्रो काम गर्न गएको थिए । तर, मेरो कामको गलत प्रचार गरिएको थियो ।’ उनले भावुक हुदै भने –‘ म आत्महत्याको नजिक पुगिसकेको थिएँ । तर, मलाई त्यतिबेला विचार आयो । राम्रो काम गर्नेले विनोद जस्तै आत्महत्या गर्न पुग्छन, भन्ने सन्देश नजाओस् । राम्रो काम गर्ने सफल भएरै छाड्छन् भन्ने देखाउनको लागि आत्महत्याको विचार त्यागेँ ।’ उनको दैनिकी निराशामा बित्दै थियो । आत्महत्या गर्न सकेका थिएनन् । त्यति नै बेला विवेकशिल नेपाली दलका कार्यपालिका प्रमुख पुकार बमले उनलाई फोन गरे । पुकार बमको त्यो फोनले उनको जीवनमा फेरि काम गर्ने हौसला प्रदान ग¥यो । बम के एण्ड के इन्टरनेशनल कलेजमा पनि आवद्ध थिए । ‘चिन्ता नगर विनोद विस्तारै तिम्ले सुरु गरेका काम पूरा हुनेछ । म हाम्रो कलेजमा सोसल वर्क पढ्ने स्टुडेन्टलाई तिम्रो फाउन्डेसनमा ईनटनसिपमा पठाउछु ।’ पुकारको यो शब्दले उनको घाउमा मलम लगायो । उनले भने ‘त्यसपछि मेरो काममा स्वयसेवक बढ्दै गए । सहयोग उठ्दै गयो । शिक्षकहरु बँड्न थालेँ । कामले राम्रो गती लिदै गयो ।’ ‘पुकार बम तथा मलाई माया गर्ने सबैको कारणले मलाई आत्महत्याबाट बचायो ’उनले भने–‘मलाई त्यतीबेला सम्झिने,फोन गर्ने,हौसला प्रदान गर्ने र सहयोग गर्नै सबैको कारणले गर्दा म यो स्थानमा पुग्न सफल भए । म आत्महत्याबाट बच्न सफल भए ।’ उनीसँग अहिले धेरै विद्यार्थीहरु स्वयसेवक भएर काम गर्दैछन् । उनीजस्तै अमेरिका त्यागेर काम गर्ने युवा देख्दा खुसी लाग्ने बताउछन् । शिक्षा फाउन्डेसन, आस्क फाउन्डेसन, गोमा एयर र विदेशमा बस्ने नेपालीको सहयोगले डोल्पाली बच्चाहरुले शिक्षा पाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । विनोद भन्छन् ‘डोल्पाली बालबालिकाले उहाँहरु सबैलाई कहिल्लै बिर्सदैनन् ।’
प्रस्तुति ः सागर बुढाथाेकी Binod Shahi Dolpa Himalayan Hero Snow-Yak Foundation

[यिनै हुन् स्याउ बाजे जसले पहिलो पटक मुस्ताङमा स्याउ पुर्याएका थिए]

[भारतमा भन्दा पहिले नेपालमा कम्पुटर बनाउने बैज्ञानिक, सिंहदरबारले चिन्न नसकेको प्रतिभा]