स्वास्थ्य

'अब उपचार नपाएर मर्नुपर्ने अवस्था आउदैन' स्वास्थ्यमन्त्री थापा

'अब उपचार नपाएर मर्नुपर्ने अवस्था आउदैन' स्वास्थ्यमन्त्री थापा
माघ - २१ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याइने प्रतिबद्धता व्यक्त गरेका छन् । दक्षिण पर्वतस्थित नेपाल तारा माविमा आयोजित महायज्ञको समापन कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले अबदेखि उपचारका अभावमा कोही नेपालीले अकालमा मृत्यु हुन नपर्ने गरी आफूले स्वास्थ्य नीति ल्याउन खोजेको जानकारी दिए । उनले भने - 'अब उपचार नपाएर मर्नुपर्ने अवस्था आउदैन ।' मन्त्री थापाले सबै जिल्ला अस्पताललाई ५० शय्याको बनाउने गरी सरकारले योजना बनाउन लागेको र निकट भविष्यमै सबै प्रकारका सेवालाई जिल्लाबाट नै प्रवाह गर्ने गरी आफूले योजना बनाएको समेत बताए ।

स्वास्थ्यमन्त्री

विशेष