खेल

कोहली क्रिकेट बाइबलको कभर स्टारमा

कोहली क्रिकेट बाइबलको कभर स्टारमा
माघ–२२ । क्रिकेटको बाइबल मानिने ‘विस्डेन क्रिकेटरस् अलम्यानाक’को कभरमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली आएका छन् । वार्षिक रुपमा बेलायतबाट प्रकाशित हुने विश्व क्रिकेटकै प्रतिष्ठित सन्दर्भ पुस्तक ‘विस्डेन क्रिकेटरस् अलम्यानाक २०१७’ को संस्करणमा कप्तान कोहली कभर स्टारमा चुनिएका हुन् ।   भारतले कोहलीको कप्तानीमा टेस्ट, एक दिवसीय र ट्वेन्टी–ट्वेन्टी गरी क्रिकेटका तीनै प्रतिस्पर्धामा इंग्ल्याण्डसँगको पछिल्ला श्रृँखला भारतले जितेको छ । कोहलीको कप्तानीमा भारतले क्रिसमस अघि भएको टेस्ट श्रृँखला ४–० ले जितेको थियो । त्यसमध्ये मुम्बईमा भएको चौथो टेस्टमा कोहलीले खेल जीवनकै उत्कृष्ट प्रदर्शन गर्दै दुई सय ३५ रन बनाएका थिए ।     कोहली वास्तवमै आधुनिक क्रिकेट खेलाडी रहेको र उनको सम्मानमा उनलाई कभरमा राखिएको प्रकाशकले जनाएको छ । उक्त किताबको कभरमा कोहलीले रिभर्स स्वीप गरिरहेको तस्बीर प्रकाशित गरेको छ । एसियाबाट विराट कोहली विस्टेन क्रिकेटर्समा छापिने कभर फोटोमा तेस्रो हुन् । यसअघि सन् २०१४ मा भारतकै सचिन टेन्डुल्कर र सन् २०१५ मा इंग्ल्याण्डको मोइन अली कभर स्टारमा चुनिएका थिए । क्रिकेटको बाइबल ‘विस्डेन क्रिकेटर्स अलम्यानाक २०१७’ को संस्करण अप्रिलमा प्रकाशित हुनेछ ।

कभर स्टार विराट कोहली विस्डेन क्रिकेटरस् अलम्यानाक

विशेष