किमाथाङ्का–जोगबनी सडक निर्माणलाई तीव्र पारिने
माघ–२२ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सङ्खुवासभाकाे किमाथाङ्का–जोगबनी सडक निर्माण तीव्र गतिमा अघि बढाउन सरकार लागिपरेको बताएका छन् ।
मन्त्री लेखकले मित्र राष्ट्र भारत र चीन जोड्ने यो सडक निर्माण गर्न सकेमा देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताए । उनले किमाथाङ्का–जोगबनी सडक निर्माण तथा लेगुवा-तुम्लिङटार सडक कालोपत्रे गर्न पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।
यसैबीच खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सङ्खुवासभाको विकास निर्माणलाई द्रुत गतिमा अघि बढाउन आफू क्रियाशील भएर लागेको बताएका छन् ।
नेपाली कांग्रेस सङ्खुवासभाद्वारा खाँदबारीमा आयोजित सभालाई सम्बोधन गर्दै राज्यमन्त्री खड्काले आफ्नो मन्त्रालयले हरेक जनताका लागि दुई वर्षभित्र आधारभूत खानेपानी सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । रासस
किमाथाङ्का–जोगबनी सडक
निर्माण
सङ्खुवासभा