स्वास्थ्य

विश्व क्यान्सर दिवस नेपालमा विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै

विश्व क्यान्सर दिवस नेपालमा विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै
माघ–२२ । हरेक वर्षको फेब्रुअरी ४ मा विश्व क्यान्स दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमहरु आयोजना भइरहेको छ । नेपालमा भने अन्धविश्वास र चेतनाको कमीका कारण क्यान्सर रोगीको सङख्या बढिरहेको छ । क्यान्सर रोग निवारणका लागि वर्षेनि चेतनामूलक कार्यक्रम गरेर क्यान्सविरुद्ध दिवस मनाउने गरिएको छ । साथै विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रमहरुको आयोजना गर्दै आएका छन् । खानपानमा मात्रै ध्यान र्पुयाए पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । वातावरण र खानापानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएका हुन् । त्यस्तै सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको बताइएको छ । नेपालमा वर्षेनि १५ हजारको मृत्यु क्यान्सर रोगका कारण हुने गरेको तथ्यांक छ । सुर्तीजन्य वस्तुको सेवनका कारणले फोक्सोको क्यान्सरका विरामी धेरै छन् । त्यसपछि पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका विरामी धेरै भएको बताइन्छ । सुर्तीजन्य पदार्थ, रक्सी तथा भुटेको, तारेको र चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गर्ने गरेमा क्यान्सरको जोखिम कम हुने चिकित्सकहरुले बताउँदै आएका छन् ।

चेतनामूलक कार्यक्रम विश्व क्यान्सर दिवस

विशेष