नेपाल टेलिकमको वार्षिकोत्सवको बहार, ४ सय एमबी डाटा निशुल्क देखि १५ प्रतिशत सम्मको बोनस
माघ–२२ । नेपाल टेलिकमले आफ्नो वार्षिकोत्सवको अवसरमा ग्राहकलाई विभिन्न सुविधा उपलब्ध गराएको छ । शनिबार आयोजित वार्षिकउत्सव कार्यक्रमबाट सुविधाको घोषणा गरेको हो ।
नेपाल टेलिकमले आजदेखि प्रिपेड सिमकार्डमा पनि सुरु गरेको फोरजी सेवा सुचारु गर्नेहरुलाई ४ सय एमबी डाटा निशुल्क दिने भएको छ । उक्त सेवामा एक दिनमा एक सय एमबीका दरले चारदिसम्म ४ सय एमबी डाटा प्रयोगकर्तालाई निशुल्क दिने घोषणा गरेको हो ।
त्यस्तै टेलिकमले भोलि देखि २५ गतेसम्म तीन दिन जीएसएम र सीडिएमए प्रिपेड मोबाइल सेवाग्राहीलाई सबै रिचार्जकार्डमा वोनास रकम उपलव्ध रिचार्ज उपलव्ध गराउने भएको छ ।
टेलिकमले ५०, १०० र २०० को रिचार्ज गर्दा १० प्रतिशत बोनश र ५०० र १ हजारको रिचार्जमा १५ प्रतिशत बोनस दिने भएको हो ।
त्यस्तै टेलिकमले इजि फोन एसआईपी एकाउन्टबाट उत्त एकाउन्टमै फोन गर्दा हुने कल पनि निः शुल्क बनाएको छ । यसका साथै एडीएसएल कलमा समेत टेलिकमले छुटको व्यवस्था गरेको छ ।
टेलिकमले फागुन १ गते देखि एडीएसएल नेटमा समेत केही छुटको घोषणा गरेको छ ।
नयाँ व्यवस्था अनुसार नेपाल टेलिकमले १८२ केविपिएसको साविक मासिक मूल्य ९०० मा २५६ केविपिएस इन्टरनेट उपलब्ध गराउने भएको छ । त्यस्तै ३८४ केविपिएसको साविक मासिक मूल्य १५०० मा ५१२ तथा ५१२ केविपिएसको साविक मासिक मूल्य रु.२७०० मा ७६८ केविपिएस इन्टरनेट उपलब्ध गराउने भएको हो ।
नेपाल टेलिकम
वार्षिकोत्सव