मनोरञ्जन

आमीरले दंगालको सफलताको पार्टी दिने

आमीरले दंगालको सफलताको पार्टी दिने
माघ – २२ । दंगल निर्माता आमीर खान र सिद्धार्थ रोय कपूर फिल्मको सक्सेस पार्टी दिने भएका छन् । तीन सय पचासी करोड कमाई गरेको फिल्मले बलिउडको अहिलेसम्मकै सार्वधिक कमाई गर्ने फिल्म हो ।
आमीरको दुइवटा फिल्म पीके र दंगलले तीन सय पचार करोड मार्कमा पुगेको छ । आमीर खान पार्टी र अवार्डबाट टाढै रहिरहेका हुन्छन् । अचम्मको कुरा त के भने उनी आफैँले दंगलको सफलताको पार्टी दिने भएका छन् । आमीरले फिल्मका सबै युनिटलाई ताज ल्याण्ड्स एन्डमा पार्टीको निमन्त्रणा दिएका छन् । — एजेन्सी

Aamir Khan Dangal

विशेष