मनोरञ्जन

टेरियालाई राष्ट्रिय प्रतिभा घोषणा गरिने

टेरियालाई राष्ट्रिय प्रतिभा घोषणा गरिने
माघ - २२ । भारतको बहूचर्चित टेलिभिजन सो ‘झलक दिख्लाजा’ मा विजयी भएकी तेरिया फैजा मगरलाई शान्तिदूत र राष्ट्रिय प्रतिभाको रुपमा घोषणा गर्नका लागि मन्त्रीपरिषद्मा राखिने रक्षामन्त्री बालकृष्ण खाँणले बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा टेरिया मगर फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा मन्त्री खाँणले नेपाल र नेपालीको सिरउच्च पार्नेजस्तो महत्वपूर्ण काम गरेकोमा टेरियालाई राष्ट्रिय प्रतिभाको रुपमा घोषणा गर्न मन्त्रीपरिषद्मा कुरा राख्ने बताएका हुन् । कार्यक्रममा मन्त्री खाँणले सानै उमेरमा नेपाल र नेपालीको शिर उच्च पार्ने महत्वपूर्ण काम गरेकोले टेरियालाई राष्ट्रिय प्रतिभाको रुपमा घोषणा गर्न मन्त्रीपरियाद्मा कुरा राख्ने बताएका छन् । मन्त्रि खाँणले भने,‘टेरियाको योगदानको उच्च कदर गर्दछ, मैले टेरियाको सफलता र टेरियासँग जोडिएको नेपालीपनलाई सरकारसामु राख्नेछु, जसले आगामी दिनमा टेरियालाई अघि बढ्ने हौसला मिल्नेछ ।’ टेरिया फाउण्डेशनकी संरक्षक तथा भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण हुने कार्यक्रम ‘झलक दिखला जा’को बिजेता टेरिया फौजा मगरले आफ्नो क्षमताले मात्रै बिजेता नबनेको बताएकी छिन् । उनले आफू नेपालमा नबसे पनि जतासुकै भएपनि नेपाल र नेपालीको लागि काम गरि नै रहने बताइन् ।
 

Teriya Fauja Magar

विशेष