देश

दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
माघ - २२ । काभ्रेपलाञ्चोकको मेच्छेपौवा गाविस–३ लुङसालमा आज भएको दुर्घटनामा एक जनाको घटनास्थलमा मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । आफ्नो घर बनाउन मङ्गलटारको स्थानीय नदीबाट बालुवा बोकेर मेच्छेपौवा जाँदै गरेको बा ३ ख ४१०० नं को मिनि ट्रक दुर्घटना हुँदा मेच्छेपौवा–३ निवासी सन्तमान तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । सो दुर्घटनामा तामाङकी श्रीमती ५५ वर्षीया ठूलीमाया तामाङ र चालक सिन्धुली झागाझुलीका–२२ वर्षीय सुनिल तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गाडी सडकबाट झन्डै ३० मिटर तल खसेको थियो ।

road accident

विशेष