स्वास्थ्य

यस्ता बानी मुटुका लागि घातक हुन्छ

यस्ता बानी मुटुका लागि घातक हुन्छ
हामीले दिनानुदिन गर्ने क्रियाकलापहरुले स्वास्थलाई कति के असर परिरहेका छन् भन्ने कुरामा ध्यान दिइरहेका छन् । हामीले दिनदिनै गर्ने कामबाट हाम्रो मुटुमा असर परिरहेका छन् । यस्ता क्रियाकलापले हाम्रो मुटुमा असर गरिरहेका हुन्छन् ।
१) घन्टौँ टिभी हेर्न — घन्टौँ टिभीका अगाडि झुन्डिने बानीले हृदयाघात र मुटु रोगको जोखिम बढाउँछ । धेरै टिभी हेर्ने मानिसलाई नियमित व्यायामले फाइदा पु¥याउन सक्दैन । सोफा या एउटा कुनामा बसेर एकोहोरो टिभी हेर्दा शारीरिक चालका अभावमा रक्तसञ्चार प्रभावित हुनसक्छ । २) धूमपान — हुन त तपाईंले चुरोट पिउनु हुँदैन भनेर लाखौँ पटक सुन्नुभएको होला । तपाईंलाई यो सुन्दासुन्दा वाक्क लागे पनि धूमपान तपाईंको मुटुको ठूलो शत्रु हो । धूमपानले रगतलाई मुटुसम्म पुग्नबाट रोक्ने अवरोध उत्पादन गर्न सक्छ । धूमपान गर्ने व्यक्तिसँग बस्नु पनि तपाईंको मुटुका लागि जोखिमपूर्ण हुन्छ । संसारमा धूमपान गर्ने मानिससँग बस्ने करिब ४६ हजार धूमपान नगर्ने मानिस मुटुका रोगबाट मर्ने गरेका छन् । ३) अत्यधिक रक्सी सेवन — स्वास्थ्य अनुसन्धानहरुले अल्कोहलको सानो परिमाण मुटुका लागि फाइदाजनक हुने बताएका छन् । तर, यसलाई धेरै मानिसले रक्सी खाँदा मुटुमा केही हुँदैन भनेर गलत बुझ्ने गरेका छन् । धेरै रक्सी खानु मुटुका लागि कुनै पनि हालतमा फाइदाजनक हुँदैन । अत्यधिक रक्सीले उच्च रक्तचापका साथै हृदयगति बन्द हुने संभावना बढाउँछ । ४) धेरै खानु — मोटोपन मुुटुको रोगको प्रमुख कारण हो भने धेरै खानु मोटोपनको प्रमुख कारण हो । थोरै खाने बानी बसाल्नुपर्छ । गुलिया पेय पदार्थका सट्टा पानी पिउने बानी बसाल्नुपर्छ । धेरै क्यालोरी भएका र चिल्ला खाना खानु हुँदैन । ५) फलफूल र तरकारी नखानु — भनिन्छ, मुटुका लागि सबैभन्दा स्वस्थ खाना सागपातजन्य खाना हो । फलफूल, साग, कम चिल्ला दुग्ध पदार्थमा जोड दिनु र जंक फुड असाध्यै कम खानु मुटुका लागि फाइदाजनक हुन्छन् । शाकाहारीलाई भन्दा मांसाहारीलाई मुटुका रोग लाग्ने सम्भावना कम भएको तथ्य उहिले प्रमाणित भइसकेको छ । ६) अत्यधिक नुन सेवन गर्नु — नुन जति धेरै खाइन्छ, त्यति रक्तचाप बढ्छ । रक्तचाप हृदयाघात र मिर्गाैला रोगको सबैभन्दा प्रमुख कारण हो । नुनयुक्त खानेकुरा धेरै खाने मान्छेलाई मुटुको रोग लाग्ने धेरै सम्भावना हुन्छ । स्वास्थ्य विज्ञानले दिनमा दुई ग्रामभन्दा बढी सोडियम खानुहुँदैन भन्छ । एजेन्सी

Heart Save The Heart

विशेष